सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले देश र जनताको हितका निमित्त आफ्ना गतिहरुलाई अझ तेजका साथ अघि बढाउन सबै पक्षलाई आग्रह गरेका छन् । अब निर्वाहमुखी भएर बस्ने छुट कसैलाई पनि नभएको भन्दै नेपाल सरकारका प्रवक्ता समेत रहेका मन्त्री कार्कीले यस्तो आग्रह गरेका हुन् । नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल (इञ्जा)को पाँचौं स्थापना दिवसको अवसर पारेर शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले विचार तथा अभिव्यक्ति स्वतन्त्रता, प्रेस स्वतन्त्रता र मिडिया बहुलवादप्रति