काठमाडौं । स्वास्थ्य सेवा विभागअन्तर्गत नर्सिङ महाशाखा प्रमुखको जिम्मेवारी वीर अस्पतालकी नर्सिङ इन्चार्ज प्राध्यापक गोमा निरौलालाई दिइएको छ ।
वीर अस्पतालको नर्सिङ इन्चार्जमा भने पूर्व नर्सिङ महाशाखा प्रमुख रोशनीलक्ष्मी तुइतुइलाई लगिएको छ ।
निरौला यसअघि नेपाल नर्सिङ काउन्सिलको पूर्व अध्यक्ष समेत हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार उनीहरुको सरुवाको निर्णय गरेको...