नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष सिफारिस समितिले पुन: आवेदन आह्वान गरेको छ । नेपाल सरकारद्वारा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्व पौडेललेको संयोजकत्वमा गठित समितिले सेबोन अध्यक्षका लागि बिहीबार पुन: आवेदन माग गरेको हो । सिफारिस समितिको सदस्यमा अर्थसचिव मधुकुमार मरासिनी र वित्त सदस्यमा जीवनाथ धिताल रहेका छन् ।