गोलरक्षक किरण चेम्जोङले मैदानमै राखे प्रेमिकालाई विवाहको प्रस्ताव

काठमाण्डाै - नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान तथा गोलरक्षक किरण चेम्जोङले माल्दिभ्सको धिवेही प्रिमियर लिगको उपाधि जितेको खुसियाली मनाउने क्रममा प्रेमिकालाई विवाहको प्रस्ताव राखेका छन् । लिगको उत्कृष्ट गोलरक्षक समेत बनेका किरणले टोलीले उपाधिको खुसियाली मनाइरहँदा सबैको सामुन्ने प्रेमिका कञ्चन निरौलालाई विवाहको प्रस्ताव राखेका हुन् । किरण र कञ्चन लामो समयदेखि प्रेममा थिए । माल्दिभ्समा किरणले आफ्नो टोली माजिया स्पोर्टस एन्ड रिक्रियसनलाई लगातार तेस्रो सिजन च्याम्पियन बनाउन उच्च प्रदर्शन गरेका थिए । किर...

सम्बन्धित सामग्री

गोलरक्षक किरण चेम्जोङ ऐतिहासिक उपलब्धितर्फ अग्रसर

३० कात्तिक, काठमाडौं । कोही पनि खेलाडीका लागि आफ्नो देशका लागि खेल्न पाउनु नै ठूलो हुन्छ । किनभने सबै खेलाडी भाग्यमानी हुँदैनन् । तर केही खेलाडी असाध्यै भाग्यमानी पनि हुने गर्छन्, जस्तो किरण जेम्जोङ । नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान तथा गोलरक्षक अहिले एउटा यस्तो ऐतिहासिक उपलब्धितर्फ अग्रसर छन्, जसबारे अरूले कल्पना मात्र गर्न सक्छन् […]

कप्तान किरण फर्किए

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय टोलीका कप्तान र गोलरक्षक किरण चेम्जोङ व्यवासायिक जिम्मेवारी निर्वाह गर्न बुधबार नै भारत फर्केका छन् । बंगलादेशविरुद्ध मंगलबार भएको मैत्रीपूर्ण खेलका लागि किरण आइतबार स्वदेश आएका थिए । उनको कप्तानीमा नेपालले बंगलादेशलाई ३–१ ले हराएको थियो । अन्जनले बंगलादेशविरुद्ध ह्याट्रिक गरेका थिए । त्यो नतिजासँगै नेपाल बंगलादेशविरुद्ध लगातार अपराजित […]

किरण भोली नेपाल आइपुग्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय टोलीका गोलरक्षक किरण चेम्जोङ भोली (आइतबार) नेपाल आइपुग्ने भएको छ । उनले आइतबार साँझ नेपाल आइपुग्ने हाम्रो खेलकुदलाई जानकारी गराए । उनी भारतीय आइ लिग क्लब राउन्ड ग्लास पन्जावको प्रशिक्षणमा रहेका छन् । विवाह अघि उनी केही दिन राष्ट्रिय टोलीको प्रशिक्षणमा बसेका थिए । विवाहपछि भने उनी माल्दिभ्स गएका […]

किरण पञ्जाबमा अनुबन्धित

काठमाडौं- नेपाली राष्ट्रिय फुटबल टिमका गोलरक्षक किरण चेम्जोङ भारतीय आईलीग क्लब पन्जाब एफसीमा अनुबन्धित  भएका छन्। फिफाको अधिकारिक खेलाडी स्थानान्तरण माध्यम ट्रान्सफर म्याचिङ सिस्टम (टिएमएस) अनुसार किरण गत महिना नै पन्जाब एफसीमा आबद्ध भएपनि क्लबले औपचारिक रुपमा शुक्रबार आफ्नो फेसबुक पेजमार्फत उनको अनुबन्धनबारे जानकारी दिएको हो। किरणले पनि समाजिक सञ्जालमार्फत पुनः पन्जाबमा फर्कदा खुसी लागेको […]

माल्दिभ्समा किरणलाई उत्कृष्ट गोलरक्षकको अवार्ड

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका गोलरक्षक किरण चेम्जोङ माल्दिभ्सको शीर्ष लिग दिवेही प्रिमियर लिगको यो सिजनको उत्कृष्ट गोलरक्षक भएका छन् । माल्दिभ्सको शीर्ष लिग दिवेही प्रिमियर लिगमा किरणले माजियाबाट पहिलो तथा व्यक्तिगत रूपमा दोस्रो लिग उपाधि जितेका हुन् । माजिया स्पोर्टस एण्ड रिक्रियशनलाई लगातार तेस्रो सिजन च्याम्पियन बनाउन किरणले उच्च प्रदर्शन गरेका थिए । […]

माल्दिभ्समा किरणलाई उत्कृष्ट गोलरक्षकको अवार्ड

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली गोलरक्षक किरण चेम्जोङ माल्दिभ्सको शीर्ष लिग दिवेही प्रिमियर लिगको यो सिजनको उत्कृष्ट गोलरक्षक बनेका छन् । माजिया स्पोर्टस एण्ड रिक्रियशनलाई लगातार तेस्रो सिजन च्याम्पियन बनाउन किरणले उच्च प्रदर्शन गरेका थिए । माल्दिभ्सको शीर्ष लिग दिवेही प्रिमियर लिगमा किरणले दोस्रोपटक उत्कृष्ट गोलरक्षकको अवार्ड जितेका हुन् । यसअघि किरणले सन् २०१८ मा […]

गोलरक्षक किरण चेम्जोङ सम्मिलित टिमले माल्दिभ्समा जित्यो उपाधि

नेपाल राष्ट्रिय फुटबल टोलीका गोलरक्षक किरण कुमार लिम्बू (चेम्जोङ) को टिमले माल्दिभ्सको शीर्ष डिभिजन लिगको उपाधि दोस्रो पटक जितेको छ । शुक्रबार भएको धिवेही प्रिमियर लिगको खेलमा किरण सम्मिलित माजिया स्पोर्टस् एण्ड रिक्रियसनले डा ग्रान्ड स्पोर्टस् क्लबलाई १–० ले पराजित गर्दै लगातार तेस्रो पटक लिग उपाधि हात पारेको हो । समग्रमा उसको लिग उपाधि चौथो हो । माजियाको जितमा स्पेनिस  खेलाडी टाना डोनिन्गुइजले ४१औं मिनेटमा निर्णायक गोल गरे । बाँकी समय दुबै टोलीले गोलका अवसर बनाएपनि सदुपयोग

कप्तान किरण माल्दिभ्स प्रस्थान

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीका कप्तान तथा गोलरक्षक किरण चेम्जोङ आफ्नो व्यावसायिक जिम्मेवारी पूरा गर्न विहीबार माल्दिभ्स प्रस्थान गरेका छन् । अफ्रिकी राष्ट्र मौरिसससँगको दुई मैत्रीपूर्ण खेलका लागि किरण १२ माघमा नेपाल आएका थिए । उनकै कप्तानी नेपालले मौरिसससँग दुवै खेलमा समान १–० को जित निकालेको थियो । नेपालले २९ जनवरी […]

कप्तान किरण सर्वाधिक खेल खेल्ने खेलाडी

काठमाडौं (हाम्रो खेलकुद) – गोलरक्षक तथा कप्तान किरण चेम्जोङ राष्ट्रिय टोलीबाट सर्वाधिक ‘क्याप’ जित्ने खेलाडी बनेका छन् ।भारतविरुद्ध आइतबार दोस्रो मैत्रीपूर्ण खेलमा उत्रदै राष्ट्रिय टोलीको उनको खेल संख्या ७४ पुगेको छ । किरणले यसअघिका कप्तान तथा डिफेन्डर विराज महर्जनले राखेको ७३ क्यापको कीर्तिमानलाई तोडेका हुन् । भारतविरुद्ध बिहीबार पहिलो मैत्रीपूर्ण खेल खेल्दै किरणले विराजको ७३ […]

राष्ट्रिय टोलीमा किरण : डेब्युदेखि ७३औं खेलसम्म

सुबास हुमागाईं, काठमाडौं नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान एवं गोलरक्षक किरण चेम्जोङ नेपालका लागि सर्वाधिक खेल खेल्ने कीर्तिमान बनाउने संघारमा छन् । विहीबार भारतविरुद्ध ७३ औं खेल खेल्दै उनले विराज महर्जनको नाममा रहेको कीर्तिमान बराबरी गरे । आइतबार मैदान उत्रिए उनले ७४ औं क्यापसँगै कीर्तिमान आफ्नो नाम गर्नेछन् । ३१ वर्षीय गोलरक्षकले सन् २००८ मा एएफसी […]