नेपालगञ्ज – नेपालगञ्ज विमानस्थल परिसरको झाडी फडानी गरिएको छ। झाडीमा रहेका जंगली जनावर धावनमार्गमा आएर जहाजसँग ठोकिन थालेपछि विमानस्थल कार्यालयले झाडी फडानी गरेको हो। नेपालगञ्ज विमानस्थलका प्रमुख सुभाष झाले विमानस्थलको एक सय ७५ विगाह जमिनमध्ये सय विगाहमा रहेको झाडी फडानी गरिएको बताए। विमानस्थलले आफ्नो क्षेत्रमा तारबार लगाए पनि स्थानीयले घाँस र दाउराका लागि तारजाली काटिएको […]