नेपालगञ्ज विमानस्थल बाहिर प्लाष्टिकमा बेरिएको शव फेला

नेपालगञ्ज – नेपालगञ्जमा प्लाष्टिकले बेरेको अवस्थामा शव फेला परेको छ। नेपालगञ्ज उपमहानगरपालिका वडा नं २०, राँझा विमानस्थल परिसरको पूर्वी कम्पाउण्ड बाहिर सुर्खेत घर बताइएका बालकृष्ण वलीको शव फेला परेको हो। ३० वर्षीय वलीको शव प्लाष्टिकले बेरेको अवस्थामा फेला परेको बाँके प्रहरी प्रवक्ता डीएसपी मधुसुदन न्यौपानेले जानकारी दिए। प्रहरीका अनुसार मृतकको शरीरमा कुनै चोटपटक देखिएको छैन।

सम्बन्धित सामग्री

नेपालगञ्ज विमानस्थल नजिकै एक युवकको शव फेला

नेपालगञ्ज विमानस्थल नजिकै प्लाष्टिकमा बेरेको अवस्थामा आज एक युवकको शव फेला परेको छ।

प्लाष्टिकमा बेरेको अवस्थामा एक युवकको शव फेला

नेपालगञ्ज, १० चैत । नेपालगञ्ज विमानस्थल नजिकै प्लाष्टिकमा बेरेको अवस्थामा आज एक युवकको शव फेला परेको छ । नेपालगञ्ज उपमहानगरपालिका–२० राँझास्थित नेपालगञ्ज विमानस्थल परिसरको पूर्वी कम्पाउण्ड बाहिर ती युवकको शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सुर्खेतका ३० वर्षीय बालकृष्ण ओलीको शव प्लाष्टिकले बेरेको अवस्थामा फेला परेको प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी […]