नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन र वर्तमान सरकार लिम्पियाधुरा लिपुलेकबारे चुइक्क नबोलेको बताएका छन् । सोमबार पार्टी प्रवेश कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले आफूले लिम्पियाधुरा र लिपुलेक नेपालको नक्सामा समेट्दा भारत आफूसँग रिसाएको पनि बताए । उनले लिम्पियाधुरा र लिपुलेक कसको हो ? भन्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रश्न गरे । ‘सम्माननीय प्रधानमन्त्री ज्यू दार्चुलाको भूमि नेपालको हो कि होइन ? बोल्नुहुन्न उहाँ । महान क्रान्तिकारी भन्ने प्र