डेंगीका बिरामीको संख्या बढ्दै गएपछि गण्डकी प्रदेशमा डेंगी रोग परीक्षण गर्ने किट अभाव भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार संघीय सरकारले सीमित मात्रामा किट दिँदा गण्डकीमा अभाव भएको हो । निर्देशनालयकी ल्याब टेक्निसियन सुशीला कार्कीले गण्डकी प्रदेशमा डेंगीका बिरामीको संख्या बढ्दै गएकाले केन्द्रको मात्र आस गर्ने अवस्था नरहेको बताइन् ।