विश्वमा कोरोना आतंकमा बेलामा पनि झापामा भारतीयहरु प्रवेश गरेर घर निर्माण गरिरहेका छन् । उनीहरुको घर भारतको बिहार राज्यको बहादुरगंज हाे । बिहार राज्य कोरोना भाइरसबाट बढी संक्रमित मानिन्छ ।
भारत तथा नेपालमा लक डाउनको बेला झापामा भने भारतीय मजदुरले लक डाउनको ठाडो उल्लंघन गर्दै धमाधम काम गरिरहेका हुन् । कनकाई नगरपालिका १, २ र ३ वार्डमा अहिले पनि भारतीय मजदुरले घर निर्माण गरिरहेका छन् ।
यी वडाका विभिन्न घरहरुमा नेपाली समेत नबुझ्ने १५/२० जनाको समुहमा रहेका भारतीय मजदुरले काम गरिरहेका छन ।
उनीहरुले भारतमा सरकारले लक डाउन गरेपछि नेपाल भारत सिमा डिघलबैँक नाका हुँदै नेपाल प्रवेश गरेको र शिवसताक्षी ब्लुचोकका एक ठेकेदारको सम्पर्कबाट सुरुङ्गामा काम गर्न थालेको बताएका छन् ।