श्रम शिविरबाट वेपत्ता १९ भारतीय मजदुर अझै फेला परेनन्

भारतकाे अरुणाञ्चल प्रदेशको दुर्गम कुरुङ कुमे जिल्लामा सीमा सडक निर्माण स्थलबाट दुई साताअघि बेपत्ता १९ मजदुर अझै फेला नपरेको भारतले जनाएको छ । सडक निर्माणमा खटिएका मजदुर दुई सातादेखि वेपत्ता भएका हुन् । चीनसँगको वास्तविक नियन्त्रण रेखा (एलएसी) नजिकै पर्ने उक्त क्षेत्र राज्यको राजधानी इटानगरबाट ३ सय किलोमिटर टाढा पर्छ । कुमे नदीमा एक मजदुरको शव फेला परेको अपुष्ट विवरण सार्वजनिक भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । त्यसबारे सत्यता प्रमाणित गर्न टोलीहरू पठाइएको अधिकारीहरूले जनाएका छन् ।ठेके

सम्बन्धित सामग्री

इँटाभट्टाको झ्याउलीमा भारतीय मजदुर मृत फेला

भक्तपुर – भक्तपुरको चाँगुनारायण नगरपालिका– ८ सुडालस्थित श्री इँटाभट्टाको झ्याउलीमा सोमबार बिहान एक भारतीय मजदुर मृत फेला परेका छन्। महानगरीय प्रहरी भक्तपुरका अनुसार भारत घर भई हाल श्री इँट्टाभट्टामा काम गर्ने ३२ वर्षीय सञ्जय पासवानको मृत्यु भएको हो। उनी बिहान झ्याउलीमा अचेत अवस्थामा भेटिएका थिए। अचेत अवस्थामा भेटिएका उनको भक्तपुर सल्लाघारीस्थित डा इवामुरा मेमोरियल अस्पतालमा […]

धनकुटामा २१८ को आरडिटी र सातजनाको पिसिआर परीक्षण

धनकुटा : धनकुटामा शनिबारसम्म २१८ जनाको आरडिटी विधि र सातजनाको पिसिआर विधिबात कोरोनाको नमुना परीक्षण गरिएको छ। सीमावर्ती जिल्लाहरु उदयपुर र भोजपुरमा कोरोना संक्रमित फेला परेपछि धनकुटामा तीव्र रुपमा परिक्षण थालिएको हो। धनकुटाको विभिन्न क्षेत्रमा कार्यरत भारतीय मजदुर र विदेशबाट आएका अधिकांशको कोरोना (कोभिड–१९) ...