नेपाल गणतान्त्रिक संविधान अन्तर्गत रहेको छ । गणतन्त्र अरु धेरै देशमा पनि छ । तर, नेपालको गणतन्त्रको विशेषता छ । अरु देशमा सामान्य रुपमा सामाजिक र आर्थिक विकासको प्रक्रियामा गणतन्त्र आएको हो ।कुनै बेला कृषि प्रधान देशमा राजा एउटा आवश्यकता भएको थियो । समाजमा औद्योगिकीकरण हुँदै जादा नियम कानुनको आधारमा समाज चल्न थाल्यो । नियम कानुन भइसकेपछि नियम कानुन बनाउन विधायिका पनि चाहियो । नियम कानुन बन्ने र विधायिकीले देश चलाउने भएपछि कालान्तरमा राजा एक प्रकारले अनावश्यक संस्था भए । राजालाई राख्नु सेतो