गलैंचाको सुविधा हटाए  निकासी ३० प्रतिशत घट्छ

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष (आव) २०८०/८१ देखि गलैंचाका प्रक्रियाहरूमा पनि मूल्य अभिवृद्धिकर (भ्याट) लगाउने भएपछि सम्बद्ध व्यवसायीले रोजगारी गुम्नेदेखि हाल भएको निकासीमा समेत कमी आउने बताएका छन् । सरकारले ऊनी गलैंचा तथा गलैंचाको ऊनी धागो कताइ, रंगाइ, धुलाइ र बुनाइमा हालसम्म भ्याट लगाएको छैन । आगामी आवदेखि यी सबै प्रक्रियामा भ्याट लगाउने भएको छ । नेपाल गलैंचा उत्पादक तथा निकासीकर्ता संघले बुधवार काठमाडौंमा पत्रकार सम्मेलन गरेर प्रस्तावित भ्याटका कारण हाल भइरहेको निर्यातमा ३० प्रतिशतले कमी आउने दाबी गरेको हो । साना व्यवसायीले तिरेको भ्याट फिर्ता हुने अवस्था नरहेको भन्दै गलैंचामा सरकारले दिएको छूटको व्यवस्था यथास्थितिमै राख्न संघका अध्यक्ष तेन्जिङ शेर्पाले माग गरे ।  ‘सरकारले उपलब्ध गराएकै छूट, सुविधाले गर्दा निकासी वृद्धि भएको छ,’ शेर्पाले भने, ‘तर, अहिले झुक्याएर यसमा भ्याट लागू गरिएको छ ।’ पत्रकार सम्मेलनमा उनले साविककै व्यवस्था कायम राख्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव, मन्त्री, आन्तरिक राजस्व विभागका प्रमुख, अर्थसचिव, अर्थमन्त्री र प्रधानमन्त्रीसम्मलाई भेटे पनि सकारात्मक जवाफ  नआएको बताए ।  ‘बजेटमा भएको कुरा हटाउन नमिल्ने तर विशेष व्यवस्था भनेर मन्त्रिपरिषद्बाट यो विषय फुकाउन मिल्ने भन्दै आश्वासन पाएका छौं,’ उनले भने । सरकारले ल्याएको यो व्यवस्थाले निर्यात घट्नुका साथै नेपाली गलैंचाको मूल्य बढ्ने उनको दाबी छ ।  सामान्यतया एउटा गलैंचा बनाउन ३ देखि ६ महीना लाग्छ । बढी गुणस्तरको बनाउँदा १ वर्षसम्म लाग्छ । हरेक प्रक्रियामा भ्याट लाग्ने, सामान तयार गर्न महीनौं लाग्ने भएकाले पनि थप समस्या भएको व्यवसायीको भनाइ छ । ‘भ्याट लागू गर्न सम्भव छैन,’ शेर्पाले भने, ‘यसले निर्यात खस्काउनुका साथै अन्तरराष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न  समस्या पर्छ ।’  सरकारले सबै व्यवसायलाई भ्याटको दायरामा ल्याउनु र व्यवस्थित गर्नु सान्दर्भिक भए पनि ससाना एकाइमा छरिएर रहेको गलैंचा उत्पादनको स्रोतमा भ्याटमा ल्याउनु अव्यावहारिक रहेको शेर्पाले बताए । उक्त अवसरमा संघले सरकारसँग नेपाली गलैंचा उद्योगसँग सम्बद्ध व्यवस्थाहरूलाई यथावत् कायम राख्न अपील गरेको छ ।  संघका महासचिव बलराम गुरुङले सरकारले साविकको व्यवस्था यथावत् नराखे उद्योगको अस्तित्व नै संकटमा पर्ने र हजारौं मजदूर सडकमा ओर्लने सम्भावना रहेको बताए । उनले सरकारले व्यवसायीको यो माग सम्बोधन नगरे तालासाँचो बुझाउने पनि बताए । संघका अनुसार यो उद्योगबाट प्रत्यक्ष र अप्रत्यक्ष गरेर २ लाखभन्दा बढीले रोजगारी पाएका छन् ।  नेपालका अशिक्षित, गरीबीको रेखामुनि जीवनयापन गरेका र सीमान्तकृत समूहलाई रोजगारी दिएको र प्रत्येकलाई भ्याटमा ल्याउन जटिल हुने संघको भनाइ छ । काठमाडौंबाट ऊन लगेर जिल्ला–जिल्लाका घरमा ससाना एकाइमा गलैंचा उत्पादन हुँदै आएको छ । यसले रोजगारी सुनिश्चित गरेको भन्दै संघले भ्याट लागू भए घरघरमा बेरोजगारी सृजना हुने दाबी गरेको छ । रोजगारी नभएपछि जनशक्ति पलायन हुने पनि उल्लेख गरिएको छ । नेपालमा कोभिड–१९ महामारी अवधि २०७६/७७ मा १६ दशमलव ५ प्रतिशतले खस्केको गलैंचा निकासी त्यसयताका वर्षहरू २०७७/७ र २०७८/७९ मा भने क्रमश: ३१ दशमलव ४३ र ३३ दशमलव १७ प्रतिशतले बढेको छ । चालू आव २०७९/८० को १० महीनामा नेपालबाट ९ अर्ब ४४ करोड रुपैयाँको गलैंचा निकासी भएको संघले जानकारी दिएको छ ।

सम्बन्धित सामग्री

कर्णाली प्रदेशमा २९ प्रतिशतमा मात्रै सिँचाइ सुविधा

कर्णाली प्रदेशको खेतीयोग्य जमिनमध्ये २९ प्रतिशत जमिनमा मात्रै सिँचाइ सुविधा पुगेको छ ।

सन् २०३० सम्म ९० प्रतिशत जनसङ्ख्यामा स्वच्छ खानेपानी सुविधा पुग्छ : मन्त्री यादव

काडमाडौँ : खानेपानीमन्त्री महिन्द्र राय यादवले सन् २०३० सम्ममा ९० प्रतिशत जनसङ्ख्यामा स्वच्छ खानेपानी सुविधा पुर्याउने गरी योजना तथा कार्यक्रम तय गरिएको बताए । विनियोजन विधेयक, २०८० अन्तर्गत खानेपानी मन्त्रालयको बजेटमाथि प्रतिनिधिसभामा उठेका प्रश्नको जवाफ दिनुहुँदै मन्त्री यादवले यस्तो बताए । हाल करिब ९५ प्रतिशत जनसङ्ख्यालाई आधारभूत स्तरको खानेपानी तथा करिब २५ प्रतिशत जनसङ्ख्यालाई स्वच्छ […]

सन् २०३० सम्म ९० प्रतिशत जनसङ्ख्यामा स्वच्छ खानेपानी सुविधा पुग्छ : मन्त्री यादव

काठमाडौं,११ असार ।  खानेपानीमन्त्री महिन्द्र राय यादवले सन् २०३० सम्ममा ९० प्रतिशत जनसङ्ख्यामा स्वच्छ खानेपानी सुविधा पुर्याउने गरी योजना तथा कार्यक्रम तय गरिएको बताएका छन् । विनियोजन विधेयक, २०८० अन्तर्गत खानेपानी मन्त्रालयको बजेटमाथि प्रतिनिधिसभामा उठेका  प्रश्नको जवाफ दिँदै मन्त्री यादवले यस्तो बताएका हुन्। हाल करिब ९५ प्रतिशत जनसङ्ख्यालाई आधारभूत स्तरको खानेपानी तथा करिब २५ प्रतिशत […]

३७.८ प्रतिशत परिवारमा इन्टरनेटको सुविधा, ७३ प्रतिशतमा स्मार्टफोन

३७.८ प्रतिशत परिवारमा इन्टरनेटको सुविधा पुगेको देखिएको छ ।   राष्ट्रिय तथ्यांक कार्यालयले शुक्रबार सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ को प्रतिवेदन अनुसार ३७. ८ प्रतिशत अर्थात २५ लाख १४ हजार ५१० परिवारमा इन्टरनेट पुगेको देखिएको हो ।  इन्टरनेट सुविधा पुग्ने नगरपालिकाको संख्या ४५.७ प्रतिशत रहेको  भने गाउँपालिकाको संख्या २१. ५ प्रतिशत रहेको छ ।  त्यस्तै ७३ प्रतिशत...

अवकासपछि प्राप्त हुने सुविधामा पाँच प्रतिशत मात्र कर

सर्वोच्च अदालतले अवकाश पाउने कर्मचारीहरूलाई विभिन्न सुविधा दिँदा १५ प्रतिशत नभई ५ प्रतिशत मात्रै कर लगाउनुपर्ने भनी व्याख्या गरेको छ । सर्वोच्चले आयकर ऐन २०५८ को दफा ८८ मा दुईथरी व्यवस्था भएकोमा स्वीकृति लिएको अवकाश कोषबाट सुविधा पाउने कर्मचारीहरूले ५ प्रतिशत मात्रै कर तिर्नुपर्ने भनी व्याख्या गरेको हो । कानुनबमोजिम लाग्नेभन्दा बढी कर कट्टा गरेको रकम फिर्ता दिन पनि सर्वोच्चले आदेश दिएको छ । राष्ट्रिय वाणिज्य बैंकले अवकाश भएर जाने कर्मचारीहरूलाई सुविधाबापतको रकम भुक्तानी गर्दा ५ प्रतिशत कर काट्ने गरेको थियो । २०६५ सालमा भने त्...

प्रोटोन गाडी किन्दा ०.९९ प्रतिशत ब्याजदरमा फाइनान्सको सुविधा

प्रोटोन गाडी किन्दा ०.९९ प्रतिशत ब्याजदरमा फाइनान्सको सुविधा उपलब्ध हुने भएको छ । प्रोटोन गाडीका लागि नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्सले यो योजना ल्याएको हो ।

ज्येष्ठ नागरिकले सहजै पाउँदैनन् सुविधा

दाङ– सरकारले ज्येष्ठ नागरिकको स्वास्थ्य उपचारमा सहुलियत, गाडी भाडामा ५० प्रतिशत छुट, सरकारी कार्यालयमा लाइन लाग्न नपर्नेलगायत सुविधा दिँदै आएको छ। तर, यी सुविधा पाउन भने त्यति सजिलो छैन। सार्वजनिक सवारीसाधनमा ज्येष्ठ नागरिकले गाडी भाडामा छुट पाउन संघर्ष गर्नुपर्ने हुन्छ। त्यही पनि छुट पाउन गाह्रो छ। ‘सार्वजनिक सवारीसाधनमा गाडी भाडामा जुन दिने भनिएको छुट सुविधा […]

रसुवाको करिब ११ प्रतिशत क्षेत्रमा मात्र सिँचाइ सुविधा

रसुवामा हालसम्म १०.७२ प्रतिशत क्षेत्रमा मात्रै सिँचाइ सुविधा पुगेको छ। बजेट विनियोजन हुँदा सिँचाइ तथा कृषि क्षेत्र प्राथमिकतामा नपर्नु, भौगोलिक विकटता, कमजोर भौगर्भिक अवस्था, अध्ययनविना योजनामा बजेट व्यवस्था हुने र नीतिगत समस्याका कारण हुनुपर्ने जति सिँचा...