कोभिड–१९ विरुद्धको १७१ भायल खोप तनहुँमा आइपुगेको छ ।
भारत सरकारले सहयोगस्वरुप नेपाल सरकारलाई केही दिन अगाडि कोरोना भाइरसको १० लाख मात्रा खोप उपलब्ध गराएको थियो ।
सो खोप सरकारले जिल्ला–जिल्लामा पठाउन शुरू गरेको छ । खोप प्रमुख जिल्ला अधिकारी सागर आचार्यले दमौली अस्पतालका प्रमुख डा सुनिल पौडेल र स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीलाई मंगलवार हस्तान्तरण गरे ।
स्वास्थ्य कार्यालयका प्रमुख अधिकारीले स्वास्थ्य र सरसफाइ र शव व्यवस्थापनमा खटिने सुरक्षाकर्मी तथा एम्बुलेन्स चालकलाई पहिलो ...