सर्लाहीमा बुधबार बिहान इँटा उद्योगको खाल्डोमा जमेको पानीमा डुबेर दाजुभाइको मृत्यु भएको छ । मृत्यु हुनेमा मलंगवा नगरपालिका–११ गम्हरिया पल्सी टोलका निवासी सदाम अन्सारीका ८ वर्षीय छोरा रेआज अन्सारी र ६ वर्षीय छोरा नेआज अन्सारी रहेको प्रहरीले जनाएको छ । गाउँनजिकै रहेको इँटा उद्योगको चिम्नीभट्टाको खाल्डोमा जमेको पानीमा डुबेर मृत्यु भएकोे छ ।मृतक बालकहरूको शव […]