सर्लाहीको सदरमुकाम मलङ्गवा नगरपालिका–११, गम्हरिया पल्सी टोलमा बुधबार बिहान इँटा उद्योगको खाल्डोमा जमेको पानीमा डुबेर दुई बालकको मृत्यु भएको छ ।
मृतक दाजुभाइ हुन् । स्थानीय सदाम अन्सारीका आठ वर्षीय छोरा रेआज अन्सारी र छ वर्षीय छोरा नेआज अन्सारीको गाउँ नजिकै रहेको इँटा उद्योगको चिम्नी भट्टाको खाल्डोमा जमेको पानीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।