काठमाण्डाै – चालु आर्थिक वर्षको छ महिनामा विदेश भ्रमण र पढ्न जाने नेपालीले साढे ५१ अर्ब रुपैयाँ खर्च गरेका छन् ।
नेपाल राष्ट्र बैंकका अनुसार साउनदेखि पुससम्म विदेशमा घुम्न जाने र शिक्षाका लागि जाने नेपालीले ५१ अर्ब ४५ करोड रुपैयाँ खर्च गरेका छन् । भ्रमणका लागि १६ अर्ब नाै करोड र शिक्षाका लागि ३५ अर्ब ३६ करोड रुपैयाँ विदेशिएको हो ।
अघिल्लो वर्षको पहिलो छ महिनामा नेपालीले विदेशमा साढे ३२ अर्ब रुपैयाँ खर्च गरेकामा शिक्षातर्फ १७ अर्ब ४८ करोड रुपैयाँ खर्च गरेका थिए ।
छ महिनामा सेवा खाताअन्त...