राष्ट्रिय वाणिज्य बैंकको कार्ड होल्डरलाई अन्नपूर्ण केबुलकारमा १० प्रतिशत छुट

राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र अन्नपूर्ण केबुलकार प्रा.लि.बीच बैंकका डेबिट/क्रेडिट कार्ड होल्डरहरूलाई कास्कीको पोखरामा रहेको अन्नपूर्ण केबलकारको भाडा रकममा १० प्रतिशत छुट गर्ने सम्बन्धमा सम्झौता भएको छ ।सम्झौता पत्रमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी र अन्नपूर्ण केबुलकारका महाप्रबन्धक दिनेश पौड्यालले हस्ताक्षर गरेका छन् । कार्यक्रममा बैंकका विभागीय प्रमुख सन्दीपजङ्ग कार्की, विभागीय उपप्रमुख अविता श्रेष्ठ लगायत कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

सम्बन्धित सामग्री

राष्ट्रिय वाणिज्य बैंक र अन्नपूर्ण केबुलकारबीच सम्झौता

राष्ट्रिय वाणिज्य बैंक र अन्नपूर्ण केबुलकार प्रालिबीच सेवामा छुट दिनेसम्बन्धी सम्झौता भएको छ ।उक्त बैंकका डेबिट/क्रेडिट कार्ड होल्डरहरुलाई केवलकारको भाडा रकममा १० प्रतिशत छुट गर्ने सम्बन्धमा सम्झौता भएको हो ।सम्झौतापत्रमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी र अन्नपूर्ण केबुलकारका महाप्रबन्धक दिनेश पौड्यालले हस्ताक्षर गरेका छन् । सो सम्झौता भएपश्चात् कास्कीको पोखरामा रहेको अन्नपूर्ण केबुलकारमा […]

राष्ट्रिय वाणिज्य बैङ्कको नाफा ६ महिनामा १० प्रतिशत वृद्धि

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैङ्कले ६ महिनामा करिब १० प्रतिशतले नाफा बढाएको छ । बैङ्कले ६ महिनामा १ अर्ब ९१ करोड नाफा कमाएको हो । अघिल्लो आर्थिक वर्ष ६ महिनामा बैङ्कको नाफा १ अर्ब ७४ अर्ब करोड थियो । बैङ्कको निक्षेप भने एक वर्षमा घटेको छ । अघिल्लो वर्ष २ खर्ब ६३ अर्ब रहेको निक्षेप […]

आरबीबी मर्चेन्ट बैंकिङको १० प्रतिशत लाभांश प्रस्ताव

राष्ट्रिय वाणिज्य बैंकको स्वामित्वमा सञ्चालित सहायक कम्पनी आरबीबी मर्चेन्ट बैंंकिङ लिमिटेडकोे छैठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।सञ्चालक समितिका अध्यक्ष एवम् बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारीको अध्यक्षतामा सम्पन्न साधारण सभाले आर्थिक वर्ष २०७७/०७८ मा १० प्रतिशत नगद लाभांशसहित वार्षिक प्रतिवेदन प्रस्ताव पारित गरेको छ ।साधारण सभामा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले […]

आरबीबी मर्चेन्ट बैंकिङ्ग लिमिटेडले सेयर धनीलाई १० प्रतिशत नगद लाभांश दिने

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको पूर्ण स्वामित्वमा सञ्चालित सहायक कम्पनी आरविवि मर्चेन्ट बैंंकिङ्ग लिमिटेडले सेयर धनीलाई १० प्रतिशत नगद लाभांश दिने भएको छ । मंगलबार सम्पन्न छैटौँ वार्षिक साधारण सभाबाट आर्थिक वर्ष २०७७/७८ को नगद लाभांशसम्बन्धी प्रस्ताव पारित गरिएको लिमिटेडले जानकारी दिएको छ । सञ्चालक समितिका अध्यक्ष एवं राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका नायब प्रमुख कार्यकारी कविराज अधिकारीको अध्यक्षतामा साधारण सभा सम्पन्न भएको हो । साधारण सभामा प्रमुख अतिथि एवम् बैंकका प्रमुख कार्यकारी अधिकृत

राष्ट्रिय वाणिज्य बैंकको पीओएस कारोबारमा क्यास ब्याक अफर

असोज १२, काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले पोइन्ट अफ सेल (पीओएस) कारोबारमा क्यास अफर ल्याएको छ ।  आउँदो दशैं, तिहार, नेपाल सम्वत् एवम् छठ लगायतको पर्वलाई मध्यनजर गर्दै विद्युतीय कारोबारलाई प्रोत्साहन गर्न पीओएसको माध्यमवाट प्रति कारोबार एक हजार वा सो भन्दा बढीको कार्ड स्विप गर्दा क्यास ब्याक हुने अफर ल्याएको छ ।   यो योजना आगामी असोज २१ गतेदेखि कात्तिक २४ गतेसम्म लागू हुनेछ । देशभर विभिन्न व्यवसायहरुमा रहेको पीओएसको माध्यमबाट राष्ट्रिय वाणिज्य बैंकको कार्डबाट बैंककै कार्ड स्विप गरी रकम भुक्तानी गर्दा कारोबारमा क्यास ब्याक हुने बताइएको छ ।  यस अन्तर्गत ३ देखि ५ पटकको कार्ड स्विप ५ प्रतिशत अधिकतम क्यास ब्याक वा ५०० रुपैयाँ, ६ देखि १० पटकको कार्ड स्विपमा १० प्रतिशत अधिकतम क्यास ब्याक वा ७५० रुपैयाँ, ११ देखी १५ पटकको कार्ड स्विपमा १५ प्रतिशत अधिकतम क्यास ब्याक वा एक हजारमध्ये जुन कम हुन्छ सो बराबरको रकम क्यास ब्याक हुनेछ ।    बैंकको हाल सातै प्रदेश, ७७ ओटा जिल्लामा २४८ ओटा शाखा कार्यालय, २१६ ओटा एटिएम र ९८ ओटा शाखारहित बैंकिङ सञ्चालनमा रहेका छन् ।

राष्ट्रिय वाणिज्य बैंकको नाफा ३ अर्ब ७९ करोड

सरकारको स्वामित्व रहेको राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले आ.व.२०७७/७८ को चौथो त्रैमाससम्ममा ३ अर्ब ७९ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।  गत आ.व. को सोही अवधिमा बैंकको खुद मुनाफा ४ अर्ब ३७ करोड रुपैंया रहेको थियो ।  यस अवधिमा बैंकले कोभिड–१९ बाट प्रभावित ग्राहकहरुलाई प्रचलित ब्याज रकममा १० प्रतिशत छुट दिएको, बैंंकको कर्जा सापटको ब्याजदर उल्लेखनीय रुपमा घटाएको र निक्षेप तर्फ आकर्षक व्याज प्रदान गरिएको कारण खुद व्याज आम्दानीमा कमी आएकोले खुद मुनाफा घट्न गएको छ ।  आ.व. २०७७/७८ को बैंकको ...

राष्ट्रिय वाणिज्य बैङ्कको नाफा घट्यो, खुद नाफा ३ अर्ब ७९ करोड

नेपाल सरकारको स्वामित्व रहेको यस राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेडको आ.व.२०७७/७८ को चौथो त्रैमाससम्मको वित्तीय विवरणहरू प्रकाशित भएको छ । बैङ्कले यस अवधिमा रु. ३ अर्ब ७९ करोड रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ । गत आ.व. को सोही अवधिमा बैङ्कको खुद मुनाफा ४ अर्ब ३७ करोड रुपैयाँ रहेको थियो । यस अवधिमा बैङ्कले कोभिड–१९ बाट प्रभावित ग्राहकहरूलाई प्रचलित ब्याज रकममा १० प्रतिशत छुट दिएको, बैङ्कको कर्जा सापटको ब्याजदर उल्लेखनीय रूपमा घटाएको र निक्षेप तर्फ आकर्षक व्याज प्रदान गरिएको कारण ख

असारभित्र किस्ता र ब्याज बुझाउनेलाई राष्ट्रिय वाणिज्य बैंकको १० प्रतिशत छुट

राष्ट्रिय वाणिज्य बैंकले कर्जाको किस्ता या ब्याज भुक्तानी बुझाउनेहरुका लागि १० प्रतिशत छुट गर्ने भएको छ । बैंकले विज्ञप्तिमार्फत कोरोना संक्रमणका कारण प्रभावित भएको उद्योग एवम् व्यवसाय निरन्तरता एवम् पुनरुत्थानका लागि १० प्रतिशत छुटको व्यवस्था गर्ने भएको हो । कोरोना भाइरसको संक्रमणले निम्त्याएको संकटका कारण कतिपय ऋणीको व्यावसायिक कारोबार बन्द भएकाले यो महिनाभित्र कर्जाको किस्ता […]