काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले कोभिड–१९ बाट प्रभावित ग्राहकलाई प्रचलित ब्याज रकममा १० प्रतिशत छुट दिने भएको छ । बैंकले २०७८ साल असार मसान्तभित्र कर्जाको किस्ता तथा ब्याज बुझाउने कोभिड–१९ बाट प्रभावित ग्राहकलाई निजहरुले बुझाउने प्रचलित ब्याज रकमको सो मात्राको रकम छुट प्रदान गर्ने निर्णय गरेको हो ।उक्त छुट सुविधाबाट नेपाल भरका ७ वटै प्रदेशका २४७ शाखा कार्यालयका एक लाख ८० हजार भन्दा बढी कर्जा ग्राहकहरू लाभान्वित हुने बैंकले अपेक्षा गरेको छ ।यसले गर्दा ग्राहकले नियमित कर्जा भुक्तानी