विराटनगर : प्रदेश १ मा शुक्रबार २ जना मन्त्रीले पदको सपथ लिएका छन्। प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले माधवकुमार नेपालको साथ छाडेका २ जना प्रदेशसभा सदस्यलाई मन्त्री नियुक्त गरेका हुन्।ताप्लेजुङका बलबहादुर साम्सोहाङ सामाजिक विकासमन्त्री र तेह्रथुमका लक्ष्मण तिवारी उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नियुक्त भएका हुन्।आजै ४ जना मन्त्री थपिने चर्चा भए पनि नाम टुंगो नलागेकाले २ जना मात्र नियुक्त गरिएको बताइएको छ। नाम तय गर्न छलफल भइरहेको जानका