नयाँ गठबन्धनलाई गण्डकीमा बहुमत, मुख्यमन्त्रीमा खगराजको सम्भावना

नेकपा माओवादीले सत्ता गठबन्धन छाडेसँगै प्रतिनिधिसभामा सबैभन्दा ठूलो बनेको नेपाली कांग्रेस सत्ता बाहिर हुन पुगेको छ । सत्ता गठबन्धनमा कांग्रेसले प्रधानमन्त्री र राष्ट्रपतिमा अडान राखेपछि नयाँ ७ दलीय गठबन्धनको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ४४ औैं प्रधानमन्त्रीमा नियुक्ति भएका हुन् । उनलाई आइतबार राष्ट्रपति विद्यादेवी भट्टराईले प्रधानमन्त्रीमा नियुक्ति गरेकी हुन् । कांग्रेस नेतृत्वको सत्ता गठबन्धन टुटेर एमाले—माओवादी सहितको ७ दलीय समीकरण बनेपछि गण्डकी

सम्बन्धित सामग्री

गण्डकीमा आज नयाँ सरकार बन्दै, एमालेका खगराज मुख्यमन्त्री

गण्डकी प्रदेशमा आज नयाँ सरकार गठन हुनेछ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पुस २१ गते ५ दिनको समय दिएर मुख्यमन्त्रीमा दावी गर्न दलहरुलाई आह्वान गरेका थिए । उनले दिएको समय आज अपरान्ह ४ बजे सकिँदै छ । त्यसअघि नै सत्ता गठबन्धनका दलहरु बहुमत हस्ताक्षर सहित मुख्यमन्त्रीमा दावीका लागि जाने बुझिएको छ । एमाले सांसद रोशन […]

गण्डकीमा नयाँ सरकार बन्दै, एमालेका खगराज मुख्यमन्त्री

पोखरा – गण्डकी प्रदेशमा आज नयाँ सरकार गठन हुनेछ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पुस २१ गते ५ दिनको समय दिएर मुख्यमन्त्रीमा दाबी गर्न दलहरुलाई आह्वान गरेका थिए । उनले दिएको समय आज अपरान्ह ४ बजे सकिँदै छ । त्यसअघि नै सत्ता गठबन्धनका दलहरु बहुमत हस्ताक्षर सहित मुख्यमन्त्रीमा दावीका लागि जाने बुझिएको छ । एमाले […]

गण्डकीमा एमालेका खगराज अधिकारी मुख्यमन्त्री बन्दै

२५ पुस, पोखरा । गण्डकी प्रदेशका नेकपा एमाले संसदीय दलका नेता खगराज अधिकारीले आज मुख्यमन्त्रीमा दाबी पेश गर्दै छन् । सत्ता साझेदार दलहरुबीच प्रदेश सरकारको बाँडफाँटमा गण्डकी प्रदेश एमालेलाई परेपछि अधिकारीले प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीमा दाबी पेश गर्न लागेका हुन् । अधिकारीलाई माओवादी र राप्रपाका प्रदेश सांसदहरुले समेत समर्थन गरेका छन् । गण्डकीमा एमालेका २२, माओवादीका […]

गण्डकीमा सोमबारसम्म मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान

काठमाडौं : गण्डकी प्रदेशमा सरकार गठनको आह्वान भएको छ। प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पुस २५ गते सोमबार अपरान्ह ४ बजेभित्र दाबी पेश गर्न आह्वान गरेका हुन्। कुनै पनि दलको स्पष्ट बहुमत नभएकाले संविधानको धारा १६८(२) बमोजिम सरकार गठनको आह्वान गरिएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।मधेश प्रदेशबाहेक सबै प्रदेशमा सरकार गठनको आह्वान भइसकेको छ।

गण्डकीमा मुख्यमन्त्रीमा दाबी गर्न ४ दिनकाे समय

काठमाण्डाै – गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले दलहरूलाई बहुमतसहित मुख्यमन्त्रीको दाबी गर्न आउँदो सोमवार बेलुका ५ बजेसम्मको समय दिनुभएको  ।  प्रदेशमा सरकार बनाउनका लागि दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यले पुस २५ गते सोमवार ४ बजेभित्र दाबी पेस गर्नुपर्ने छ ।  ६० सदस्यीय गण्डकी प्रदेश सभामा बहुमतका लागि ३१ जना सांसदको आवश्यक पर्छ । एमालेका २२ र माओवादीका आठ गरी ३० जना सांसद हुन्छन् । गण्डकीमा एमालेका खगराज अधिकारी मुख्यमन्त्री बन्ने सम्भावना उच्च छ ।

लुम्बिनी प्रदेश: सरकारको नेतृत्व आधा-आधा

गण्डकीमा बनेको बिपक्षी गठबन्धनले तत्कालीन मुख्यमन्त्री पृथ्बी सुब्बा गुरुङ बिरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने योजना बनायो। २ बैशाखमा कांग्रेसका कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्रीमा प्रस्ताव गर्दै गुरुङ बिरुद्ध अविश्वास प्रस्ताव दर्ता भएपछि लुम्बिनीमा प...

गण्डकीमा किचलो सुरु : दुई वटा मन्त्रालय नपाए सरकारमा नजाने जसपाको घुर्की

गोरखा : कांग्रेस नेतृत्वमा बन्ने गण्डकी प्रदेशको नयाँ सरकारमा गठबन्धनका दलहरूमा मन्त्रालय बाँडफाँटमा विवाद उत्पन्न भएको छ।कुन दलबाट कति जना सांसदहरूलाई आज सपथ खुवाउने भन्ने टुंगो नलाग्दा दलहरूबीच विवाद सुरु भएको हो।गण्डकीमा गत जेठ ६ गते निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रालय बढाएर ११ वटा बनाएका थिए। त्यसअघि गण्डकीमा मुख्यमन्त्रीको मन्त्रालयसहित ७ वटा मन्त्रालय रहेको थियो।आज संविधानको धारा १६८ (५) अनुसार गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णचन

गण्डकीमा सरकार बनाउन  विपक्षी गठबन्धनको दाबी

बहुमत सांसदसहित कांग्रेसले मुख्यमन्त्रीमा दाबी गरे पनि निर्णय गर्न प्रदेश प्रमुखको अलमल गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र पोखरेल नेपालीलाई नियुक्त गर्न विपक्षी गठबन्धनले बहुमत सांसदको समर्थनसहित दाबी पेस गरेको...

गण्डकीमा फेरि पृथ्वीसुब्बा गुरुङ मुख्यमन्त्री, आजै सपथ लिने

गोरखा : गण्डकीमा पृथ्वीसुब्बा गुरुङ पुनः मुख्यमन्त्री नियुक्त भएका छन्। गुरुङलाई  प्रदेश प्रमुख सीताकुमारी पौडेलले बुधबार मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन्।संविधानको धारा १६८ को उपधारा (३) अनुसार ठूलो दलको हैसियतले एमालेका संसदीय दलका नेता गुरुङ मुख्यमन्त्रीमा नियुक्त भएका हुन्। उनले आज नै सपथ ग्रहण गर्ने तयारी गरेका छन्। गत वैशाख २६ गते गुरुङले मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख पौडेलले संविधानको १६८ (२) अनुसार ३ दिनभित्र बहुमतको हस्ताक्षरसहित मु