गण्डकी प्रदेशको नयाँ मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन् ।
प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८(५) बमोजिम नेपालीलाई मुख्यमन्त्री नियुक्त गरेकी हुन् ।
नेपालीले प्रदेश सभाका बहुमत ३१ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए ।
गण्डकीमा मुख्यमन्त्री नियुक्त कृष्णचन्द्र नेपाली २०७४ सालको प्रदेश सभाको निर्वाचनमा नवलपरासी पूर्व १(१) बाट निर्वाचित हुँदै प्रदेश सभामा प्रवेश गरेका थिए । प्रदेशमा नेपाली कांग्रेसको संसदीय दलका नेता उनी नेपाली कांग्रेसका पूर्व ...