अर्थमन्त्रीलाई उद्योगीले भने, ‘भारतलाई १ करोड टन सिमेन्ट बेच्छौँ, लागत घटाईदिनुस्’

आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमा निजी क्षेत्रका संगठनहरुले सुझाव दिईरहेका छन् । आजबाट प्रतिनिधिसभामा पनि 'प्रि बजेट' छलफल सुरु छ ।बजेटका विषयमा सिमेन्ट उत्पादकहरुले पनि अर्थ मन्त्रालयलाई सुझाव पठाएका छन् । विगतमा पनि निरन्तर सुझाव दिँदै आएको सिमेन्ट उत्पादक संघले यसपटक पनि आफूहरुको बढेको उत्पादन क्षमतालाई अधिकतम प्रयोग गरी खपत बढाउने उपाय अबलम्बन गर्न सुझाव दिएको छ ।‘ब्यापार घाटा १५ प्रतिशतले घट्छ’सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुब थापाले ब्यापार घाटा कम गर्दै लैजाने महत्वपूर्ण उपाय सिमेन्टको निर्यात नै भएको बताएका छन् । उनले यसका लागि बिटुमिनको आयात घटाउँदै सिमेन्ट निर्यातका लागि प्रोत्साहन गर्नुपर्ने बताएका छन् ।‘निर्यातका लागि प्रोत्साहन गर्नुपर्यो भनेका छौँ, उद्योग मन्त्री र अर्थ मन्त्री दुबैलाई भेटेर कुरा राखेका छौँ’ अध्यक्ष थापाले भने, ‘उहाँहरु दुबैले सिमेन्ट निर्यातका लागि नीतिगत व्यवस्था नै गर्छौँ भन्नु भएको छ ।’अध्यक्ष थापाले सिमेन्ट निर्यात गर्न सकिए अहिलेको तुलनामा वार्षिक व्यापार घाटा १० देखि १५ प्रतिशत घट्ने दाबी गरेका छन् । चालु आर्थिक वर्षको हालसम्म ब्यापार घाटा १३ खर्बले नाघेको छ ।‘अहिले ८ देखि १० खर्बको बिटुमिन आयात हुँदै आएको छ, सिमेन्टको प्रयोग गरेर कन्क्रिट सडक बनाउने हो भने त्यसको आयात घट्छ’ उनले भने, ‘अनि सँगै निर्यात गर्न सक्यौँ भने व्यापार घाटा १० देखि १५ प्रतिशत कम हुन्छ ।’‘१ करोड टन सिमेन्ट निर्यात गर्छौँ’आगामी बजेटमार्फत घोषणा भएर नीतिगत प्रोत्साहन गरिए १ करोडदेखि १ करोड ५० लाख टनसम्म सिमेन्ट निर्यात गर्ने उद्योगीहरुको दाबी छ । नेपाली सिमेन्ट उद्योगहरुको कुल उत्पादन क्षमता वार्षिक २ करोड ५० लाख टन छ ।नेपालमा १ करोड टन माग रहँदै आएको र बाँकी १ करोड ५० लाख टन सिमेन्ट निर्यात गर्न उद्योगहरु सक्षम र तयार रहेको अध्यक्ष थापाले बताएका छन् । यदि १ करोड ५० लाख नै नसकिएपनि १ करोड टन भने पहिलो वर्षमै निर्यात गर्न सकिने उनको दाबी छ ।‘हामीसँग अहिले पनि यहाँ माग भएको भन्दा १ करोड ५० लाख टन बढी उत्पादन क्षमता छ’ उनले थपे, ‘नेपालसँग सिमाना जोडिएका भारतका शहरमा नेपाली सिमेन्ट निर्यात गर्न सकिन्छ । बिहार क्षेत्रमा भारतीय सिमेन्ट आईपुग्न समय लाग्छ, हाम्रो त उद्योगहरु नै सिमा क्षेत्रमा भएकाले अर्डर गर्नासाथ पुर्याउन सकिन्छ । तर, यसका लागि लागत घटाएर भारतीय बजारमा भारतीय सिमेन्टसँग प्रतिस्पर्धा गर्न सक्ने मूल्य हुनुपर्छ ।’उनका अनुसार, स्थानीय पूर्वाधार कर, अन्तशुल्क, प्रदूषण कर, सडक दस्तुर लगायत गरी प्रत्यक्ष र अप्रत्यक्ष गरी धेरै शीर्षकमा कर लिँदा नेपालको सिमेन्ट भारतको भन्दा मँहगो छ । करका शीर्षक समायोजन गरी दर पनि कम गरिए भारतीय सिमेन्टसँग प्रतिस्पर्धा गर्ने खालको मूल्यमै सिमेन्ट उत्पादन हुने थापाको भनाई छ ।

सम्बन्धित सामग्री

आश्रम बनाउन पुराणबाट उठ्यो १ करोड

ललितपुर : भक्तपुरको चाँगुनारायण नगरपालिका-९ ताथलीमा रहेको छोरीको घर ज्येष्ठ नागरिक आश्रम सञ्चालनका लागि १ करोड नगद संकलन भएको छ।ताथलीमा २ सातासम्म चलेको धार्मिक तथा साँस्कृतिक महोत्सव एवं पितृ मुक्ति विराट ज्ञान महायज्ञ–२०८० को अवसरमा दाताले आश्रमका लागि भनेर करिब १ करोड नगद दान दिएका छन्।समाजमा तिरष्कृत असहाय जेष्ठ नागरिकलाई संरक्षण गर्ने उद्देश्यले सञ्चालन गरिएको आश्रमका लागि भनेर थप १ करोड दिने विभिन्न निकाय, संघसंस्था तथा ब्यक्तिले पनि गरेको आश्रमका अध्यक्ष एवं महायज्ञ स

पाडाजुँगीको आदिवासी रंगशालाका लागि १ करोड

हिमाल खरेल, बिर्तामोड नामको विवादका कारण निर्माण हुन नसकिरहेको झापा पाडाजुँगीको आदिवासी रंगशाला तथा स्मृति पार्कलाई सरकारले १ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । झापाको कमल गाउँपालिका ५ मा रहेको रंगशालाका लागि पटकपटक बजेट छुट्टिए पनि नामको विवादले गर्दा निर्माण हुन सकेको छैन । नामकरणका विषयलाई लिएर विवाद हुँदा निर्माण कार्य अलपत्र हुन पुगेको […] The post पाडाजुँगीको आदिवासी रंगशालाका लागि १ करोड first appeared on Hamro Khelkud.

१ करोड ८० लाख मतदाता, सबभन्दा धेरै मोरङमा

३१ भदौ, काठमाडौं । आगामी प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा झण्डै १ करोड ८० लाख मतदाताले मताधिकार पाउने भएका छन् । निर्वाचन आयोगले १ करोड ७९ लाख ८८ हजार ५७० मतदाताको अन्तिम नामावली स्वीकृत गरेको हो । जसमा ३ मंसिरसम्म १८ वर्ष उमेर पुरा हुने ८८ लाख ४७ हजार ५७९ महिला, ९१ लाख ४० हजार ८०६ […]

भलिबलको कभर्ड हल निर्माणका लागि १ करोड बजेट, होला त काम ?

२५ जेठ, काठमाडौं । नेपालको राष्ट्रिय खेल भलिबलको पूर्वाधारका लागि सरकारले १ करोड बजेट विनियोजन गरेको छ । आर्थिक वर्ष २०७९-८० को बजेटमा भलिबलको कभर्ड हल निर्माण गर्न १ करोड बजेट छुट्याइएको छ । अर्थमन्त्रीको बजेट भाषणमा क्रिकेटको विधिन्न पूर्वाधारको शीर्षका बजेट विनियोजन भएको जानकारी गराएको भए पनि भलिबलको लागि छुट्टै उल्लेख थिएन । त्यतिबेला भने […]

१ करोड जरिवाना तोकिएका फरार प्रतिवादी पक्राउ

बैंकिङ्ग कसुर मुद्दामा १ करोड रुपैयाँ जरिवाना तोकिएका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–१ घर भएका रामेश्वर चौलागाईं छन् । उच्च अदालत पाटनले २०७९ वैशाख ४ मा चौलागाईंलाई १ करोड जरिवाना र एक महिना कैद सजाय हुने फैसला गरेको थियो । फैसलापछि फरार चौलागाईंलाई भिमसेनगोलाबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी वसन्त कुँवरले रातोपाटीलाई बताए ।

१ करोड १९ लाख मतपत्र छापियो

काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि १ करोड १९ लाख मतपत्र छापिइसकिएको जानकारी दिएको छ । बिहीबारसम्म ५३ जिल्लाका लागि उक्त सङ्ख्यामा मतपत्र छापिई सकिएको आयोगले जनाएको हो । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले पत्रकार सम्मेलन गर्दै मतपत्र छपाइबारे जानकारी दिएका हुन् । उनले भने, ‘५३ जिल्लाका लागि १ करोड १९ लाख मतपत्र […]

युक्रेनबाट विस्थापित हुनेको संख्या १ करोड नाघ्यो

युक्रेनमा रुसी आक्रमणका कारण युक्रेनी नागरिक आफ्नो मुलुक छोड्नका लागि बाध्य भएका छन् । शरणार्थीका लागि संयुक्त राष्ट्र संघीय उच्चायुक्त (यूएनएचसीआर) ले रुसी आक्रमणको त्रासका कारण १ करोड युक्रेनी शरणार्थी विदेश भागेका बताएको छ । एजेन्सीका प्रमुख फिलिपो ग्रान्डीले रुस र युक्रेनका बीच बढ्दो लडाइका कारण झन्डै १ करोड युक्रेनी आफ्नो घर छोड्नका लागि बाध्य भएको बताएका छन् । जसमध्ये २० लाखभन्दा बढी मानिस पोल्यान्ड र करिब १ लाख ८० हजार रुसमा शरण लिन पुगेका छन् । यसैबीच इन्टरनेशनल अर्गनाइजेशनको कार्या

स्थानीय निर्वाचनमा १ करोड ७९ लाख मतदाता

२०७४ सालको निर्वाचनमा १ करोड ५४ लाख २७ हजार ९३८ जना मतदाता कायम रहेको जनाउँदै आयोगले पछिल्लो पाँच वर्षमा २५ लाख नयाँ मतदाता थपिएको जनाएको छ। २०७७ पुस ५ गतेलाई कायम गर्दा १ करोड ६२ लाख ४३ हजार ११० जना मतदाता हुने उल्लेख छ।...

नेपालमा १ करोड डोज कोभिडविरुद्धको खोप वितरण

नेपालमा कोभिड- १९ विरुद्धको १ करोड डोज खोप वितरण भइसकेको छ ।  मंगलबारसम्म  कोभिड विरुद्धको  पहिलो र दोस्रो मात्रा गरी कोभिडविरुद्धको १ करोड डोज खोप वितरण गरिएको हो । नेपालमा वितरित जोन्सन एण्ड जोन्सनको खोप एकडोजमात्र लगाए पुग्छ भने अन्य खोप दुई डोज लगाउनुपर्छ । हालसम्म नेपालमा एक करोड ३३ लाख डोज खोप आएको जनाइएको […]

तत्काल १ करोड मात्रा खोप आवश्यक

कोरोनाविरुद्ध तत्काल १ करोड मात्रा खोप आवश्यक रहे पनि अन्योलता छाएको छ । अनुमानित १ करोड ९० लाख नागरिक खोप लगाउनबाट वञ्चित छन् ।गत २०७७ फागुन अन्तिम साता दोस्रो प्राथमिकतामा परेर कोरोनाविरुद्धको खोप लगाएका झन्डै १५ लाख नागरिक ‘दोस्रो डोज खोप लगाउन पाउने हो कि होइन ?’ भन्ने अन्योलमा छन् । पहिलो लगाएको ८ देखि १२ साताभित्र दोस्रो डोज खोप लगाउनुपर्ने विज्ञ बताउँछन् । उनीहरूले कोभिसिल्ड खोप लगाएका हुन् ।स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म अनुमानित ३ लाख ८० हजार नागरिकले मात्रै कोरोनाविरु