बैंकिङ्ग कसुर मुद्दामा १ करोड रुपैयाँ जरिवाना तोकिएका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–१ घर भएका रामेश्वर चौलागाईं छन् । उच्च अदालत पाटनले २०७९ वैशाख ४ मा चौलागाईंलाई १ करोड जरिवाना र एक महिना कैद सजाय हुने फैसला गरेको थियो । फैसलापछि फरार चौलागाईंलाई भिमसेनगोलाबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी वसन्त कुँवरले रातोपाटीलाई बताए ।