युक्रेनमा रुसी आक्रमणका कारण युक्रेनी नागरिक आफ्नो मुलुक छोड्नका लागि बाध्य भएका छन् । शरणार्थीका लागि संयुक्त राष्ट्र संघीय उच्चायुक्त (यूएनएचसीआर) ले रुसी आक्रमणको त्रासका कारण १ करोड युक्रेनी शरणार्थी विदेश भागेका बताएको छ । एजेन्सीका प्रमुख फिलिपो ग्रान्डीले रुस र युक्रेनका बीच बढ्दो लडाइका कारण झन्डै १ करोड युक्रेनी आफ्नो घर छोड्नका लागि बाध्य भएको बताएका छन् । जसमध्ये २० लाखभन्दा बढी मानिस पोल्यान्ड र करिब १ लाख ८० हजार रुसमा शरण लिन पुगेका छन् । यसैबीच इन्टरनेशनल अर्गनाइजेशनको कार्या