भक्तपुर । मध्यपुर थिमि नगरपालिका–५ का वीरेन्द्रभक्त गजु श्रेष्ठले जिब्रो छेडाएर नगर परिक्रमा गरेका छन् । येँया अर्थात् इन्द्रजात्राका अवसरमा शनिबार राति मध्यपुर थिमिस्थित दिगु भैरव मन्दिरअगाडि डबलीमा उनले जिब्रो छेडाएका हुन् ।
१० इन्च लामो सुइरोले जिब्रो छेडाएर उनले १७ दीपसहितको अर्ध चन्द्राकार भ्यें बोकी थिमि परिक्रमा गरेका थिए ।...