नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा आफ्नो पार्टीले बहुमत ल्याउने बताएका छन् । सोमबार पार्टीको घोषणापत्र सार्वजनिकपछि बैंकर अनिल केसरी शाहसँगको लाइभ डिबेटमा ओलीले एमालेले १५० सिट जित्ने लक्ष्यसहित चुनावी मैदानमा उत्रिएको बताएका हुन् । उनले भने, ‘बहुमत आउन सम्भव नहुने कुरै छैन। प्रतिनिधिसभामा २७५ सिट छ, त्यसमा १३८ आए बहुमत हुन्छ। १५० सिटको गन्तव्यसहित हामी निर्वाचनमा गएका छौँ ।’ प्रत्यक्षतर्फ सय र समानुपात