धनुषा-४ : अग्रता घटाउँदै महासेठ

काठमाडौं : धनुषा निर्वाचन क्षेत्र नम्बर ४ मा कांग्रेसका महेन्द्र यादवले अग्रता कायमै राखेका छन्।  पछिल्लो मत परिणामअनुसार यादवले ३१ हजार ३१६ मत ल्याएका छन्।उनलाई पछ्याइरहेका एमालेका रघुवीर महासेठ २९५ मतले पछाडि छन् ।  महासेठले ३१ हजार २१ मत पाएका छन्। मत ल्याएका छन् ।

सम्बन्धित सामग्री

धनुषा ४ : कांग्रेसको यादवले छ सय ८६ मतले लिए अग्रता

काठमाडौँ,१२ मँसिर । यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन अन्तर्गत धनुषा– ४ मा मतगणना जारी रहेको छ । मतगणना जारी रहँदा नेपाली कांग्रेसका महेन्द्र यादवले आफ्नो अग्रता बढाउँदै लानुभएको छ । मतगणनाको सुरुदेखि नै नेकपा (एमाले) रघुवीर महासेठले अग्रता लिनुभएको थियो । मतगणनाको पछिल्ला विवरण अनुसार यादवले छ सय ८६ मतले अग्रता […]

धनुषा ४ मा एमालेका महासेठको १४१ मतको अग्रता

काठमाडौं : धनुषा ४ मा नेकपा (एमाले)का रघुवीर महासेठले अग्रता लिएका छन्। कांग्रेस उम्मेदवार महेन्द्र यादवलाई पछि पार्दै महासेठले अग्रता लिएका हुन्।  महासेठले २५ हजार १७२ मत पाएका छन्। यस्तै, यादवले २५ हजार ३१ मतका साथ पछ्याइरहेका छन्। उनीहरुबिचको मतान्तर १४१ रहेको छ।

धनुषा- ४ मा अग्रता बढाउँदै एमालेका महासेठ

धनुषा निर्वाचन क्षेत्र नम्बर ४ मा नेकपा एमालेका उम्मेदवार रघुवीर महासेठले झिनो मतले अग्रता बढाएका छन् । नेपाली कांग्रेसका महेन्द्र यादवलाई पछि पार्दै महासेठले  अग्रता लिएका हुन् ।जारी मतगणनामा महासेठले २५,१७२ मत ल्याएका छन् । कांग्रेस उम्मेदवार यादवले २५,०३१ मत प्राप्त गरेका छन् ।

धनुषा-४ मा महेन्द्र यादवलाई १३ मतले उछिने रघुवीर महासेठले

काठमाडौं, ११ मंसिर । धनुषा ४ मा प्रतिनिधिसभातर्फ नेकपा (एमाले) का उम्मेदवार रघुवीर महासेठले अग्रता लिएका छन् । यसअघि अग्रता लिएका कांग्रेसका महेन्द्र यादवलाई पछि पार्दै महासेठले अग्रता लिएका हुन् । अहिलेसम्मको मतपरिणामअनुसार महासेठले २४२९० मत ल्याएका छन्। उनीसँग पछि परेका कांग्रेसका यादवले भने २४२७७ मत ल्याएका छन् । उनीहरुबीच १३ मतको अन्तर छ । […]

धनुषा ४ मा एमालेका महासेठले लिए झिनो अग्रता

काठमाडौंः धनुषा ४ मा नेकपा (एमाले) का रघुवीर महासेठले अग्रता लिएका छन्। कांग्रेस उम्मेदवार महेन्द्र यादवलाई पछि पार्दै महासेठले अग्रता लिएका हुन्।  महासेठले २४ हजार ४८२ मत पाएका छन्। यस्तै, यादवले २४ हजार ४४८ मतका साथ पछ्याइरहेका छन्।

धनुषा ४ मा रघुवीर महासेठको अग्रता, पछि परे यादव

काठमाडौँ – धनुषा ४ मा नेकपा एमालेका उम्मेदवार रघुवीर महासेठले अग्रता बनाएका छन्। यो निवार्वचन क्षेत्रमा महासेठ र काँंग्रेसका महेन्द्र यादवबीच कडा प्रतिस्पर्धा देखिएको छ । पछिल्लो परिणामअनुसार महासेठले २३ हजार ८ सय ५६ मत ल्याएका छन्। भने उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका यादवले २३ हजार ७ सय ३७ मत ल्याएका छन्।

धनुषा–४ मा एमालेका महासेठको अग्रता कायमै, महेन्द्र यादव पछ्याउँदै

काठमाडौं, ८ मंसिर । धनुषा–४ मा नेकपा (एमाले) का उम्मेदवार रघुवीर महासेठको अग्रता कायमै छ । महासेठले ८००९ मत ल्याएका छन् । उनलाई नेपाली कांग्रेसका महेन्द्र यादवले कडा टक्कर दिएका छन् । यादवले ७९८१ मत ल्याएका छन् । त्यस्तै, जनता समाजवादी पार्टीका महाजन यादवले २५३२ मत ल्याएका छन् ।

धनुषा–४ मा एमालेका रघुवीर महासेठको अग्रता कायमै, महेन्द्र यादव टक्कर दिँदै

काठमाडौं, ७ मंसिर । धनुषा–४ मा नेकपा (एमाले) का उम्मेदवार रघुवीर महासेठको सुरुवाती अग्रता कायमै छ । उनले नेपाली कांग्रेसका उम्मेदवार महेन्द्र यादवलाई पछि पारेका छन् । पछिल्लो मतगणनाको परिणामअनुसार महासेठले ३१७८ मत ल्याएका छन् । सत्ता गठबन्धनका साझा उम्मेदवार कांग्रेसका यादवले ३०५२ मत ल्याएका छन् ।

धनुषा-४ मा एमालेका महासेठको अग्रता कायमै, कांग्रेसका यादव पछि परे

काठमाडौं, ६ मंसिर । धनुषा-४ मा प्रतिनिधिसभातर्फ नेकपा (एमाले) का उम्मेदवार रघुवीर महासेठले अग्रता कायम राखेका छन् । निर्वाचन क्षेत्रको जनकपुर वडा नम्बर १३ को गणना पूरा हुँद्या महासेठले २४०५ मत ल्याएका छन् । नेपाली कांग्रेसका महेन्द्र यादवले ८८० मत प्राप्त गरेका छन् । उक्त वडामा जम्मा २०५ मत खसेको थियो ।

धनुषा ४ मा कांग्रेसका यादवको सुरुवाती अग्रता, एमालेका महासेठ पछि परे

धनुषा ४ मा नेपाली कांग्रेसले सुरुवाती अग्रता लिएको छ । प्रारम्भिक मतगणना अनुसार कांग्रेसका महेन्द्र यादवले १९ सय ८० मत पाएका छन् ।