आईपीओ निष्कासन गर्दै खप्तड लघुवित्त

३० साउन, काठमाडौं । खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडले ८ भदौ देखि धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गर्ने भएको छ । लघुवित्तले हाल कायम जारी पूँजी ४ करोड रुपैयाँको ३३ प्रतिशत सार्वजनिक निष्कासन गर्न लागेको हो । कम्पनीले नेपाल धितोबा बोर्डबाट प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १ करोड ३२ लाख रुपैयाँ बराबरको १ […]

सम्बन्धित सामग्री

असार २० गतेदेखि एकिकृत कारोबार गर्दै धौलागिरी र खप्तड लघुवित्त

काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेड र खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडले असार २० गतेदेखि एकिकृत कारोबार सुरू गर्ने भएका छन् । यी दुई कम्पनीले मर्जर प्रक्रिया पुरा गरी एकिकृत कारोबार सुरू गर्ने भएका हुन ।  दुबै कम्पनीले मर्जर सम्बन्धी प्रस्ताव वैशाख १६ गते वार्षिक साधारण सभामार्फत पारित गरेका थिए । गत मंसिर १८ गते मर्जर सम्बन्धि प्रारम्भिक सम्झौता गरेका यी कम्पनीहरूलाई नेपाल राष्ट्र बैंकले जेठ २४ गते मर्जरका लागि अन्तिम स्वीकृति प्रदान गरेको हो ।  धौलागिरी लघुवित्त वित्तीय संस्थाको नामबाट एकिकृत कारोबार गर्ने जानकारी कम्पनीहरूले दिएका छन् । यी दुवै कम्पनीले हालै मात्र सर्वसाधारणमा आईपीओ निष्कासन गरेका हुन् । धौलागिरी लघुवित्तले गत साउन २४ गतेदेखि साउन २९ गतेसम्म सर्वसाधारणलाई ३ करोड ३१ लाख रुपैयाँ बराबरको ३ लाख ३१ हजार कित्ता साधारण शेयर निष्कासन गरेको थियो ।  त्यस्तै खप्तड लघुवित्तले गत भदौ ८ गतेदेखि भदौ १२ गतेसम्म सर्वसाधारणलाई आईपीओ निष्सकासन गरेको थियो । कम्पनीले सर्वसाधारणलाई १ करोड ३२ लाख रकम बराबरको १ लाख ३२ हजार कित्ता शेयर निष्कासन गरेको थियो । मर्जरपछि बनेको कम्पनीको केन्द्रिय कार्यालय गण्डकी प्रदेश बाग्लुङ जिल्ला , बाग्लुङ नगरपालिका वडा नम्बर २ बाग्लुङमा रहने जानकारी समेत कम्पनीहरूले दिएका छन् । सूचना हेर्न यहाँ क्लिक गर्नुहोस

खप्तड लघुवित्तको आईपीओ आजबाट बिक्री सुरु

काठमाडौं । खप्तड लघुवित्त वित्तीय संस्थाले आजबाट सर्वसाधारणका लागि आईपीओ निष्कासन बिक्री सुरु गरेको छ ।  लघुवित्तले १०० रुपैयाँ अंकित मूल्यका एक करोड ३२ लाख रुपैयाँ बराबरको एक लाख ३२ हजार कित्ता आईपीओ निष्कासन गरेको हो । लघुवित्तले निष्कासन गरेको कुल सेयरमध्ये दुई हजार कित्ता कर्मचारीहरूका लागि र ६ हजार ६००...

खप्तड लघुवित्तको आईपीओ निष्कासन गर्ने मिति तय, कस्ता छन् मुख्य वित्तीय सूचकहरू ?

काठमाडौं । खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडले आउँदो भदौ ८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ । लघुवित्तले १०० रुपैयाँअंकित मूल्यका एक करोड ३२ लाख रुपैयाँबराबरको एक लाख ३२ हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको लागेको हो । लघुवित्तले निष्कासन गर्न लागेको कुल सेयरमध्ये दुई हजार कित्ता कर्मचारीहरूका लागि...

थप दुई कम्पनीले पाए आईपीओ निष्कासनको अनुमति

११ साउन, काठमाडौं । नेपाल धितोपत्र बोर्डले थप दुई वटा कम्पनीलाई साधारण सेयर (आईपीओ) निष्कासनको अनुमति दिएको छ । त्यस्तै एक कम्पनीलाई हकप्रद सेयर जारी गर्ने अनुमति दिएको छ । बोर्डले ९ साउनमा इस्टन हाइड्रोवार कम्पनी र १० साउनमा खप्तड लघुवित्त वित्तीय संस्थालाई आईपीओ निष्कासन गर्ने स्वीकृति प्रदान गरेको हो । इस्टन हाइड्रोपावरले आयोजना प्रभावित […]

थप २ कम्पनीले पाए आईपीओ निष्कासन गर्न अनुमति

काठमाडौं । थप २ कम्पनीले साधारण सेयर (आईपीओ) निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएका छन् । खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेड र इष्टर्न हाइड्रोपावर कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्न अनुमति पाएका हुन् । खप्तडले सर्वसाधारणलाई प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा १ करोड ३२ लाख रूपैयाँ बराबरको १ लाख ३२ हजार कित्ता आईपीओ निष्कासन गर्न […] The post थप २ कम्पनीले पाए आईपीओ निष्कासन गर्न अनुमति appeared first on राजधानी राष्ट्रिय दैनिक.

थप २ कम्पनीले आईपीओ निष्कासन गर्दै

काठमाडौँ – खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेड र इष्टर्न हाइड्रोपावर कम्पनी लिमिटेडले आईपीओ निष्कासन नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएका छन्। आईपीओ निष्कासनकाे लहर चलिरहँदा थप यी दुई कम्पनीले बोर्डबाट आईपीओ निष्कासन अनुमति पाएका हुन्। खप्तडले सर्वसाधारणलाई प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा १ करोड ३२ लाख रूपैयाँ बराबरको १ लाख ३२ हजार कित्ता आईपीओ निष्कासन गर्न अनुमति […]

खप्तड लघुवित्त र इष्टर्न हाइड्रोले पाए आईपीओ निष्कासन गर्ने अनुमति

काठमाडौँ – नेपाल धितोपत्र बोर्डबाट थप दुई कम्पनीले साधारण सेयर (आईपीओ) निष्कासन गर्न अनुमति पाएका छन् । खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेड र इष्टर्न हाइड्रोपावर कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्न अनुमति पाएका हुन् । खप्तडले सर्वसाधारणलाई प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा १ करोड ३२ लाख रूपैयाँ बराबरको १ लाख ३२ हजार कित्ता आईपीओ निष्कासन गर्न […]

थप २ कम्पनीले पाए आईपीओ निष्कासन गर्न अनुमति

थप २ कम्पनीले साधारण सेयर (आईपीओ) निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएका छन् । खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेड र इष्टर्न हाइड्रोपावर कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्न अनुमति पाएका हुन् । खप्तडले सर्वसाधारणलाई प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा १ करोड ३२ लाख रूपैयाँ बराबरको १ लाख ३२ हजार कित्ता आईपीओ निष्कासन गर्न अनुमति पाएको हो । संस्थाको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटल लिमिटेडले गर्नेछ । इष्टर्नले प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा १२ करोड

खप्तड लघुवित्तले १ लाख ३२ हजार कित्ता आईपीओ निष्कासन गर्ने, बोर्डमा दियो निवेदन

वैशाख २२, काठमाडौं । खप्तड लघुवित्त  वित्तीय संस्थाले आईपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन दिएको छ । कम्पनीले १ करोड ३२ लाख रुपैयाँ बराबरको १ लाख ३२ हजार कित्ता आईपीओ निष्कासन गर्नका लागि वैशाख ११ गते सेबोनमा निवेदन दिएको हो । कम्पनीको विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।  २०७६ मा स्थापना भएको लघुवित्तको कैलालीको अत्तरियामा केन्द्रीय कार्यालय रहेको छ । लघुवित्तले ७ ओटा शाखाहरूबाट सेवा दिंदै आएको छ । चालू आर्थिक वर्षभित्र शाखा संख्या १५ पुर्‍याउने लक्ष्य रहेको छ । यो प्रदेश स्तरको लघुवित्त हो ।

खप्तड लघुवित्तको साधारण सभा पुस २४ गते, आईपीओ निष्कासन गर्ने प्रस्ताव

पुस १, काठमाडौं । खप्तड लघुवित्त वित्तीय संस्थाले दोस्रो वार्षिक साधारण सभा पुस २४ गते गर्ने भएको छ । सभा बिहान ११ बजे होटल नमस्ते, अत्तरीयामा हुने जानकारी गराएको हो । सभाले आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्नेछ । यसैगरी, आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरि पारित गर्ने र आव २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ती र निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ । त्यसैगरी, यस लघुवित्त वित्तीय संस्था र अन्य लघुवित्त वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने सम्बन्धी आवश्यक सम्पूर्ण कार्यहरु गर्न सञ्चालक समितिलाई अख्यितारी प्रदान गर्ने प्रस्ताव पारित पनि गर्नेछ । कम्पनीको मंसिर २६ गते बसेको सञ्चालक समितिको बैकठले साधारण सभा गर्ने निर्णय गरेको हो ।