पुस १, काठमाडौं । खप्तड लघुवित्त वित्तीय संस्थाले दोस्रो वार्षिक साधारण सभा पुस २४ गते गर्ने भएको छ ।
सभा बिहान ११ बजे होटल नमस्ते, अत्तरीयामा हुने जानकारी गराएको हो । सभाले आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्नेछ ।
यसैगरी, आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरि पारित गर्ने र आव २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ती र निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।
त्यसैगरी, यस लघुवित्त वित्तीय संस्था र अन्य लघुवित्त वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने सम्बन्धी आवश्यक सम्पूर्ण कार्यहरु गर्न सञ्चालक समितिलाई अख्यितारी प्रदान गर्ने प्रस्ताव पारित पनि गर्नेछ ।
कम्पनीको मंसिर २६ गते बसेको सञ्चालक समितिको बैकठले साधारण सभा गर्ने निर्णय गरेको हो ।