काठमाडौं : भारत र श्रीलंकाबीचको टी–२० सिरिजअन्तर्गतको दोस्रो म्याच स्थगित गरिएको छ। भारतीय क्रिकेट टिमका सदस्य क्रुणाल पाण्ड्यालाई कोरोना देखिएपछि म्याच स्थगित गरिएको हो। भारत र श्रीलंकाबीचको दोस्रो खेल आज राति सवा ८ बजदेखि सुरु हुने तालिका रहेको थियो। पाण्ड्यालाई कोरोना पुष्टि भएपछि उनीसँग क्लोज कन्ट्याक्टमा रहेका खेलाडीलाई सेल्फ आइसोलेसनमा पठाइएको जनाइएको छ। स्थगित भएको दोस्रो टी–२० बुधबार हुने बिसिसिआईले जनाएको छ। तीन खेलको सिरिजमा भारत १–० ले अगाडि छ।&nb