वर्षौंदेखि टेलिफोन तथा इन्टरनेटको समस्या झेलिरहेका सिंजाका दुर्गम गाउँमा फोरजी सेवा सञ्चालनमा आएको छ । बुधबारदेखि सिंजा गाउँपालिकाका सबै गाउँमा फोरजी सेवा सञ्चालन भएसँगै स्थानीय उत्साहित भएका छन् । गाउँमै फोरजी सेवासहितको इन्टरनेट र टेलिफोन सञ्चालनमा आएपछि स्थानीयले राहत महसुस गर्नुका साथै स्थानीय तहको दैनिक कार्यसम्पादनमा समेत सहज भएको सिंजा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले बताए […]