श्रीलंकामा गम्भीर मानवअधिकार उल्लंघनसम्बन्धी संकल्प प्रस्तावमा नेपाल तटस्थ

१० चैत, काठमाडौं । संयुक्त राष्ट्रसंघको मानवअधिकार परिषदले श्रीलंकामा तमिल विद्रोहका क्रममा भएको गम्भीर मानवअधिकार उल्लंघनका घटनाको विषयमा छानबिन गर्न अधिकार पाएको छ । श्रीलंकाले विद्रोही समूह तामिल टाइगर्स विरुद्धको युद्धमा गम्भीर किसिमको मानवअधिकार उल्लंघन गरेको …

सम्बन्धित सामग्री

रुसको मानवअधिकार अनुगमनकाे प्रस्तावमा नेपाल तटस्थ

एजेन्सी । रुसको मानवअधिकार अवस्थाको अनुगमन गर्ने विषयमा अन्तर्राष्ट्रिय प्रस्तावमा नेपाल तटस्थ बसेको छ । उक्त प्रस्तावमा संयुक्त राष्ट्रसंघ मानवअधिकार परिषदको ५१औं बैठकमा शुक्रबार भएको मतदानमा नेपाल र भारत लगायत २४ मुलुक तटस्थ बसेका हुन् । परिषदका कूल ४७ सदस्य मुलुकमध्ये १७ वटाले प्रस्तावका पक्षमा मत दिएका छन् । अमेरिका, अर्जेन्टिना, चेक रिपब्लिक, फिनल्यान्ड, फ्रान्स, […]

चीनका उइगुर मुस्लिमको मानवअधिकारबारे बहस गर्ने प्रस्तावको विपक्षमा उभियो नेपाल

२१ असोज, काठमाडौं । चीनको सिन्चियाङ प्रान्तका उइगुर मुस्लिमको मानवअधिकार अवस्थाबारे बहसका लागि गरिएको प्रस्तावको नेपाल विपक्षमा उभिएको छ । स्वीट्जरल्याण्डको जेनेभामा भएको मतदानमा नेपालसहित १९ मुलुक प्रस्तावको विपक्षमा उभिएसँगै मानवअधिकार परिषद्बाट उक्त प्रस्ताव अस्वीकार भएको छ । परिषद्मा रहेका ४७ वटामध्ये मतदानमा भारतलगायत ११ वटा देश तटस्थ रहे भने नेपाललगायत १९ वटा देशले विपक्षमा […]

पुष्करलालको ‘नेपाल किन बनेन ?’ सार्वजनिक

काठमाडौं (अस) ।  पुष्करलाल श्रेष्ठद्वारा विभिन्न समयमा गरिएका राजनीतिक विश्लेषणयुक्त आलेखहरूको संग्रह ‘नेपाल किन बनेन ?’ नामक पुस्तक सार्वजनिक गरिएको छ । श्रेष्ठको उक्त पुस्तक आइतवार सार्वजनिक गरिएको हो । स्व. श्रेष्ठले ‘नेपाल किन बनेन ?’ शीर्षकमा लेखेको लेख नै उनको जीवनको अन्तिम लेख बन्यो, जुन २०७५ मंसिर १४ मा नेपाल समाचारपत्रमा प्रकाशित भएको थियो । उनको अन्तिम लेखको शीर्षकबाटै किताबको नाम राखिएको हो । कामना समूहका संस्थापक श्रेष्ठको तृतीय वार्षिक पुण्यतिथिका अवसरमा सार्वजनिक ‘नेपाल किन बनेन ?’ उनको दोस्रो पुस्तकाकार कृति हो । यसअघि गतवर्ष मंसिर १५ मा कामना समूहको वार्षिकोत्सवको अवसरमा ‘यात्रा विदेशको चिन्ता स्वदेशको’ यात्रा संस्मरण प्रकाशित भएको थियो । यात्रा संस्मरणमा उनले यूरोप, अमेरिका, दक्षिण अमेरिका, अफ्रिका र एशियाका विभिन्न मुलुकको भ्रमणका क्रममा प्राप्त गरेका रोचक अनुभूति समेटेका थिए । ‘नेपाल किन बनेन ?’ले मुलुकको राजनीतिक तथा सामाजिक प्रवृत्तिगत अवस्थाको विस्तृत चित्रण गरेको छ । कामना न्यूज पब्लिकेशन्स प्रालिद्वारा प्रकाशित यस पुस्तकमा समेटिएका आलेखहरूको विशेषता गहिराइसम्म पुगेर गरिएको तटस्थ विश्लेषण हो । पुस्तक प्रकाशक तथा कामना न्यूज पब्लिकेशन्सका प्रमुख कार्यकारी अधिकृत दिरेकलाल श्रेष्ठले पत्रकार पिताका विषयमा दुई मार्मिक लेख समेत समावेश गरेका छन् । किताबमा सञ्चारविद् प्रा. रामकृष्ण रेग्मी, महिला मानवअधिकार अभियन्ता वन्दना राणा, वरिष्ठ पत्रकारद्वय डा. कुन्दन अर्याल, देवप्रकाश त्रिपाठी र वरिष्ठ साहित्यकार एसपी आशाबाट लेखक तथा पत्रकार पुष्करलाल श्रेष्ठप्रति अभिव्यक्त धारणा पनि समेटिएका छन् । नेपालको अवस्था बुझ्न चाहने हरेक पाठकका लागि ‘नेपाल किन बनेन’ निकै सहयोगी स्रोत सामग्री हुनेछ ।