मोबाइल विक्रेताहरुले अनलाइन र अफलाइन मूल्य एउटै कायम गर्न माग गरेका छन् । केही अनलाइन प्लेटफर्ममा सस्तो दरमा पनि मोबाइल उपलब्ध भएको भन्दै बिक्रेताहरूले मूल्यमा फरक नपर्ने गरी कायम गरिनुपर्ने बताए ।मोबाइलको खुद्रा विक्रेताहरुको संस्था नेपाल मोबाइल व्यवसायी महासंघले मोबाइल आयातकर्ता र वितरकसँग यस्तो माग गरेका हुन् । राजधानीमा एक कार्यक्रमको आयोजना गरी उनीहरुले अनलाइन र अफलाइनमा मूल्य फरक पर्ने हो भने आफूहरुलाई मोबाइल बिक्री गर्न समस्या हुने बताए ।आफूहरुका लागि तय भएको बिक्री मूल्यभन्दा सस्तोमा अनल