कोरोना महामारीसँगै विश्वव्यापी रूपमा अनलाइन गतिविधि बढ्यो । विश्वविद्यालय, विद्यालयहरू भर्चुअल रूपमा सञ्चालन भए । सेमिनार, गोष्ठी, बैठक, वार्ताहरू पनि भर्चुअल रूपमै अघि बढे । महामारी नियन्त्रण तथा रोकथाम गर्न सरकारले पनि सकेसम्म भर्चुअल तरिका अपनाई काम गर्न आग्रह गरिरह्यो । महामारी अझै कायम रहेकाले भर्चुअल गतिविधिले प्राथमिकता पाइरहेकै छ ।