मर्स्याङ्दी कोरिडोर प्रसारण लाइन : उदिपुर–मार्कीचोक–भरतपुर खण्डको काम ५०% सकियो

फागुन २, म्याग्दी । म्याग्दीको मर्स्याङ्दी कोरिडोरअन्तर्गत निर्माणाधीन २२० केभी उदिपुर–मार्कीचोक–भरतपुर डबल सर्किट प्रसारण लाइन आयोजनाको निर्माण कार्य ५० प्रतिशत सम्पन्न भएको छ ।  विविध कारणले यस आयोजनाको निर्माण कार्यमा ढिलाइ हुँदा अझै ५० प्रतिशत निर्माण गर्न बाँकी रहेको आयोजनाका महाशाखा प्रमुख नारायण रेग्मीले बताए ।  उनका अनुसार लमजुङको उदिपुरदेखि चितवनको भरतपुरसम्म यो प्रसारण लाइन पुग्नेछ । त्यसका लागि १९३ ओटा टावर आवश्यक पर्ने उनको भनाइ थियो । यीमध्ये हालसम्म १८ ओटा टावर खडा भइसकेको छ भने ४५ टावरको जग तयार गर्ने कार्य भएको छ । ‘दोर्दी कोरिडोरका आयोजनाको विद्युत् मध्यमर्स्याङ्दी जलविद्युत् केन्द्रको स्वीचयार्डसम्म पुर्‍याउनका लागि ६ किलोमिटरसम्म यही प्रसारण लाइनको काम अघि बढिरहेको छ । उदिपुरदेखि मध्यमर्स्याङ्दी खण्डको ६ किलोमिटर खण्डमा १७ ओटा टावर उठाइएकाले सोमवारदेखि तार तान्ने कार्य भइरहेको महाशाखा प्रमुख रेग्मीले बताए । उनका अनुसार तार तान्ने काम दुई महीनाभित्रमा सम्पन्न हुनेछ । ६ किलोमिटर खण्डको निर्माण गत जेठभित्रै सम्पन्न गर्ने लक्ष्य रहेपनि कोरोनाको महामारी रोकथामका लागि लगाइएका निषेधाज्ञालगायत विविध कारण निर्माण अवधि लम्बिएको बताइएको छ ।  ६ किलोमिटर खण्डबाहेक लमजुङकै राइनास नगरपालिकास्थित धमिलिकुवा र आँबुखैरेनीदेखि भरतपुर खण्डमा पनि टावर निर्माणको काम भइरहेको छ । ४५ ओटा टावरको काममध्ये लमजुङतर्फ ३५ र तनहुँतर्फ १० ओटा टावर उठाउने काम भइरहेको छ ।  १८ ओटा खडा भएको टावरमध्ये १७ उदिपुरदेखि मध्मर्स्यङ्दीसम्म र एक लमजुङकै फुलबारीमा खडा भएको छ । आयोजनाको तीन खण्डमा यतिबेला काम भइरहेको छ । त्यस्तै लमजुङ उदिपुर र भरतपुरमा गरी दुई ओटा सवस्टेसन पनि निर्माण भइरहेको उक्त आयोजनाले जानकारी दिएको छ ।  २२० केभीको उक्त आयोजनाको निर्माणकार्य सन् २०१८ जनवरी १७ गतेदेखि अघि बढेको र तीन वर्षभित्रमा सबै काम सम्पन्न गर्नुपर्ने भए पनि विविध कारणले सम्पन्न हुन नसकेको डिभिजन प्रमुख रेग्मीको भनाइ थियो ।  उक्त सम्झौताअनुसार तीन वर्ष नाघेपछि थप गरिएको समयावधि पनि सकिन दुई तीन महीना मात्र बाँकी रहेकाले अझै निर्माण अवधि थपिने भएको छ । चिन्जा गुप्र चाइना कम्पनीले निर्माण गर्दै आएको छ । आयोजना सम्पन्न गर्नका लागि पौने तीन अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको उनले जानकारी दिए । रासस

सम्बन्धित सामग्री

पश्चिम सेती र सेती करिडोर प्रशारण लाइनबारे छलफल

सेती कोरिडोर प्रसारण लाइन पश्चिम सेती नदीका विभिन्न ठाउँमा उत्पादन हुनसक्ने करिब २ हजार मेगावाट बिजुली भारतको सिमानासम्म पुर्‍याउनसक्ने गरी निर्माण गर्ने योजना छ।...

पश्चिम सेती र सेती करिडोर प्रशारण लाइनबारे छलफल

सेती कोरिडोर प्रसारण लाइन पश्चिम सेती नदीका विभिन्न ठाउँमा उत्पादन हुनसक्ने करिब २ हजार मेगावाट बिजुली भारतको सिमानासम्म पुर्‍याउनसक्ने गरी निर्माण गर्ने योजना छ।...

कालीगण्डकी कोरिडोर प्रसारण लाइन निर्माण सम्पन्न

रुपन्देही र आसपासका जिल्लामा दिगो र पर्याप्त विद्युत् उपलब्धता र पूर्वी नेपालको विद्युत् प्रसारण लाइनसँग आबद्धता बढाउने उच्च क्षमताको कालीगण्डकी कोरिडोर २२० केभी प्रसारण लाइन तयार भएको छ । कालीगण्डकी र यसका सहायक नदीमा निर्माण हुने जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रणालीमा आबद्ध गर्नका लागि एक हजार दुई सय मेगावाट क्षमता विद्युत् आपूर्ति गर्ने क्षमताको प्रसारण लाइन सोमबारदेखि चार्ज गरिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

अघि बढ्यो दरौदी कोरिडोर प्रसारण लाइन

काठमाडौँ । दरौँदी तथा चेपे खोलामा निर्माण हुन लागेको जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा जोड्नका लागि केराबारी– मस्याङ्दी (दरौँदी कोरिडोर) प्रसारण लाइन निर्माण हुने भएको छ ।

दोर्दी कोरिडोर प्रसारण लाइन सञ्चालनमा, ७५ मेगावाट विद्यु्त् जोडिने

लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण गरिएको दोर्दी कोरिडोर १३२ केभी डब्बल सर्किट प्रसारण लाइन सञ्चालनमा आएको छ ।

कोशी कोरिडोर प्रसारण लाइन भारतले नेपाललाई गर्‍यो हस्तान्तरण

भारतले कोशी कोरिडोर विद्युतीय प्रसारण लाइन नेपाललाई हस्तान्तरण गरेको छ । बधवार नेपालस्थित भारतीय दूतावासकी डेपुटी चीफ अफ कमिसन नामग्या खम्पाले प्रसारण लाइनको निर्माण सम्पन्न भएर नेपाललाई हस्तान्तरण गर्ने समारोहमा धनकुटामा सहभागिता जनाएकी छन् ।  कोशी कोरिडोर नेपालको सबभन्दा लामो विद्युतीय प्रसारण लाइन हो । यसको क्षमता २२० केभी छ ।  परियोजनाको लाग ४५० करोड रुपैयाँ रहेको छ ।  कुल १०६ किलोमिटर क्षेत्रमा ३२६ वटा टावरहरू रहेको यो प्रसारण लाइनले अरुण र तमोर नदीका जलविद्युत् परियोजनाबाट उत्पन्न बिजु...

सोलु कोरिडोर प्रसारण लाइन निर्माण पुनः शुरू

विगत तीन वर्षदेखि उदयपुरको कटारी नगरपालिका क्षेत्रमा रोकिएको सोलु कोरिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइनको काम पुनः सुरु भएको छ । कटारी नगरपालिका–४, मरुवास्थित मरुवा हरित सामुदायिक वनका उपभोक्ताको अवरोधले प्रसारण लाइन निर्माणको काम रोकिएको थियो । मरुवावासीले सोलु कोरिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइनको एलाइमेन्ट परिवर्तन गर्न माग गर्दै आएका थिए । राष्ट्रिय गौरवकोे आयोजनामा सोलु कोरिडोर निर्माण क्षेत्रमा ऐलानी जग्गाको समेत मुआब्जा दिने भनी सूचना प्रकाशित गर्दा पनि स्थानीयले आयोजना निर्माणमा अवरोध गरिरह...

सोलु कोरिडोर प्रसारण लाइन निर्माण पुनः सुरु

विगत तीन वर्षदेखि उदयपुरको कटारी नगरपालिका क्षेत्रमा रोकिएको सोलु कोरिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइनको काम पुनः सुरु भएको छ । कटारी नगरपालिका–४, मरुवास्थित मरुवा हरित सामुदायिक वनका उपभोक्ताको अवरोधले प्रसारण लाइन निर्माणको काम रोकिएको थियो ।मरुवावासीले सोलु कोरिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइनको एलाइमेन्ट परिवर्तन गर्न माग गर्दै आएका थिए । राष्ट्रिय गौरवकोे आयोजनामा सोलु कोरिडोर निर्माण क्षेत्रमा ऐलानी जग्गाको समेत मुआब्जा दिने भनी सूचना प्रकाशित गर्दा पनि स्थानीयले आयोजना निर्म

कालीगण्डकी कोरिडोर प्रसारण लाइन असारभित्र सम्पन्न हुने

कालीगण्डकी कोरिडोर २२० केभी प्रसारण लाइन आयोजनाको निर्माण अगामी असारभित्र सम्पन्न गर्ने गरी काम अगाडि बढाइएको छ ।

अघि बढ्यो दरौदी कोरिडोर प्रसारण लाइन

दरौँदी तथा चेपे खोलामा निर्माण हुन लागेको जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा जोड्नका लागि केराबारी– मर्स्याङ्दी (दरौँदी कोरिडोर) प्रसारण लाइन निर्माण हुने भएको छ ।