रुपन्देही र आसपासका जिल्लामा दिगो र पर्याप्त विद्युत् उपलब्धता र पूर्वी नेपालको विद्युत् प्रसारण लाइनसँग आबद्धता बढाउने उच्च क्षमताको कालीगण्डकी कोरिडोर २२० केभी प्रसारण लाइन तयार भएको छ । कालीगण्डकी र यसका सहायक नदीमा निर्माण हुने जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रणालीमा आबद्ध गर्नका लागि एक हजार दुई सय मेगावाट क्षमता विद्युत् आपूर्ति गर्ने क्षमताको प्रसारण लाइन सोमबारदेखि चार्ज गरिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानामा २२० केभी क्षमताको विद्युत् सवस्टेशन निर्माण भएको छ। नेपाल विद्युत् प्राधिकरणले कालीगण्डकी कोरिडोर प्रसारण लाइन आयोजनाअन्तर्गत दानामा सवस्टेशन निर्माण गरेको हो ।
कुश्मा । नेपाल विद्युत् प्राधिकरणले पर्वतको कुश्मा नगरपालिका–२ खुर्कोटमा निर्माण गरेको २२० केभी क्षमताको सवस्टेशनको गए रातिदेखि चार्ज गर्न शुरु भएको छ । सवस्टेशनमा जडान भएका उपकरण र प्रसारण लाइन चार्जका लागि गए राति १० बजेदेखि परीक्षण शुरु गरेको कालीगण्डकी कोरिडोर प्रसारण लाइन आयोजनाले जनाएको छ ।
बेनी–कुस्मा हुँदै कालीगण्डकी कोरिडोरको विद्युत् नवलपरासीको भूमही (बडेरा)को सबस्टेसनसम्म पु-याउनका लागि बन्दै गरेको कालीगण्डकी कोरिडोर विद्युत् प्रसारण लाइन निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।