राष्ट्रिय प्रजातन्त्र पार्टीले समान विचार राख्ने व्यक्ति, समूह, संस्था, सङ्गठन, पार्टी र धार्मिक क्षेत्रसँग एकता र सहकार्यका लागि महामन्त्री धवलशमशेर राणाको संयोजकत्वमा वार्ता समिति गठन गरेको छ । राप्रपाको नवनिर्वाचित केन्द्रीय कार्यसमितिको आज बसेको बैठकले गठन गरेको सो समितिमा ऋषिबाबु परियार, दिलविकास राजभण्डारी, पुष्पराज पुरुष सदस्य रहनुभएको छ । अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा बसेको बैठकले …