नेप्सेमा सिद्धार्थ इन्स्योरेन्सको बोनस शेयर सुचिकृत

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज बिहिबार १६ लाख कित्ता बढी बोनस शेयर सुचिकृत भएको छ । आज सिद्धार्थ इन्स्योरेन्सको १६ लाख ८० हजार बोनस शेयर सुचिकृत भएको हो । आज सिद्धार्थ इन्स्योरेन्सको १५ प्रतिशतले हुन आउने १६ लाख ८० हजार  कित्ता बोनस शेयर सुचिकृत भएको हो । शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन् । 

सम्बन्धित सामग्री

सिद्धार्थ इन्स्योरेन्सको बोनस शेयर सूचीकृत

काठमाडौं । आइतवार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सिद्धार्थ इन्स्योरेन्स कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । कम्पनीको ११ लाख ५९ हजार कित्ता बोनस शेयर सूचीकृत भएको हो । शेयरधनीको हितग्राही खातामा आएपछि यो बोनस शेयर खरीदविक्री गर्न सकिनेछ । कम्पनीले पुस २९ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ९ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।

सिद्धार्थ इन्स्योरेन्सको २०औं वार्षिक साधारण सभा सम्पन्न, १५.७८% लाभांश पारित

चैत ३०, काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स कम्पनीको बीसौं वार्षिक साधारण सभा सम्पन्न भएको हो । सभा नेपाल पर्यटन बोर्डको सभाकक्ष भृकुटीमण्डपमा सम्पन्न भएको हो ।  सभाले १५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ७८९५ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।   त्यसैगरी आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी गर्ने र आव २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ती गर्ने प्रस्ताव पनि पारित गरेको छ । साथै सभाले निर्जीवन बीमा व्यवसाय गर्ने उपयुक्त कम्पनीसँग गाभ्ने गाभिने वा प्राप्ति गर्ने सम्बन्धी सम्पूर्ण अधिकार सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव पनि पारित गरेको हो ।  कम्पनीले साधारण सभा प्रयोजनको लागि चैत १७ गते (एक दिन) बुक क्लोज थियो । यस आधारमा चैत १६ गतेसम्म कायम शेयरधनीले लाभांश पाएका छन् ।

सिद्धार्थ इन्स्योरेन्सको २०औं साधारण सभा आज, १५.७८% लाभांश पारित हुँदै

चैत ३०, काठमाडौं । सिद्धार्थ इन्स्योरेनसको २०औं वार्षिक साधारण सभा आज (बुधवार) हुँदैछ ।  कम्पनीले सभा नेपाल पर्यटन बोर्डको सभाकक्ष भृकुटी मण्डपमा बिहान १०:३० बजे हुने जानकारी दिएको छ ।  सभाले १५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ७८९५ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । त्यसैगरी सभाले आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७८/७९ को लागि लेखापरिक्षकको नियुक्ती गर्ने प्रस्ताव पनि पारित गर्नेछ । कम्पनीले साधारण सभा प्रयोजनको लागि चैत १७ गते (एक दिन) बुक क्लोज गरिसकेको छ । यस आधारमा चैत १६ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।

सिद्धार्थ इन्स्योरेन्सको लाभांश घोषणा

सिद्धार्थ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । कम्पनीको मंगलबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुँजीको १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.७८९५ प्रतिशत नगद लाभांश गरि कुल १५.७८९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। कम्पनीको उक्त लाभांश प्रस्ताव बीमा समितिले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा बितरण हुने छ । कम्पनीले हाल कायम रहेको चुक्ता पुँजी रु. १ अर्व १२ करोडको १५ प्रतिशतले हुन आउने रकम रु. १६ करोड ८० लाख वरावरको वोनस शेयर जारी गर्न तथा ०.७८९५ प्रतिशतले हुन आउने रकम रु. ८८ लाख ४२ हजार १ सय ५ रुपैया ( प्रस्तावित वोनस शेयरमा लाग्ने कर प्रयोजनार्थ ) नगद लाभांस समेत जम्मा १५.७८९५ प्रतिशत हुन आउने रकम रु. १७ करोड ६८ लाख ४२ हजार १ सय ५ लाभांस प्रस्ताव गरी , आर्थिक वर्ष २०७७/०७८ को वित्तिय विवरण स्वीकृतिका लागि वीमा समितिमा पेश गर्ने निर्णय गरेको हो ।

सिद्धार्थ इन्स्योरेन्सको १२ %  बोनस शेयर सूचीकृत

भदौ १७, काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स कम्पनीको १२ प्रतिशत बोनस शेयर बिहीवार नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा सूचीकृत भएको छ । कम्पनीको १२ लाख कित्ता बोनस शेयर सूचीकृत भएको हो । अव यो शेयर हितग्राही खातामा आएपछि लगानीकर्ताले खरीदविक्री गर्न सक्नेछन् । कम्पनीले जेठ २८ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १२ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।

सिद्धार्थ इन्स्योरेन्सको १५ प्रतिशत लाभांश प्रस्ताव पारित

सिद्धार्थ इन्स्योरेन्सको १५ प्रतिशत लाभांश प्रस्ताव पारित भएको छ । इन्स्योरेन्सको शुक्रबार सम्पन्न १९औं वार्षिक साधारण सभाले चुक्ता पुँजी १ अर्बको १२ प्रतिशत बोनस शेयर र ३.७८९४ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको हो ।कम्पनीका अध्यक्ष रतन लाल केडियाले वार्षिक प्रतिवेदन तथा वित्तिय विवरण प्रस्तुत गर्दै आर्थिक वर्ष २०७६÷०७७ मा १ अर्ब ९६ करोड […]

सिद्धार्थ र लुम्बिनी जनरल इन्स्योरेन्सको शेयरमूल्य समायोजन

जेठ १४, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले शुक्रवार सिद्धार्थ इन्स्योरेन्स लिमिटेड र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस शेयरको मूल्य समायोजन गरेको छ । नेप्सेले सद्धार्थ इन्स्योरेन्सको १२ प्रतिशत बोनस शेयरको समायोजनपछि शेयरमूल्य रू. १ हजार २०५ र लुम्बिनी जनरल इन्स्योरेन्सको ५ प्रतिशत बोनस शेयरको समायोजनपछि शेयरमूल्य रू. ७९१ तोकेको छ । सद्धार्थ इन्स्योरेन्सको अघिल्लो कारोबारको दिन अर्थात बिहीवार कायम अन्तिम शेयरमूल्य रू. १ हजार ३५० र लुम्बिनी जनरल इन्स्योरेन्सको बिहीवार कायम अन्तिम शेयरमूल्य रू. ८३१ आधारमा शेयरमूल्य समायोजन भएको हो । दुवै कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनार्थ शुक्रवार बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो ।  सिद्धार्थ इन्स्योरेन्सले शेयरधनीलाई १२ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ३ दशमलव ७८९४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारितका लागि कम्पनीले आगामी जेठ २८ गते १९औं वार्षिक साधारण सभा बोलाएको हो । सभा सिद्धार्थ इन्स्योरेन्स भवन बबरमहलमा भर्चुअल माध्यमबाट गर्ने जानकारी गराएको हो । त्यस्तै, लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले गत आवको मुनाफाबाट यस वर्ष शेयरधनीलाई ५ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्न लागेको हो ।  उक्त प्रस्ताव पारितका लागि कम्पनीले जेठ २८ गते १६औं वार्षिक साधारण सभा बोलाएको छ । सभा अपरान्ह ४ बजे कम्पनीको केन्द्रिय कार्यालय ज्ञानेश्वरबाट भर्चुअल माध्यमबाट गर्ने कम्पनीले जानकारी गराएको छ ।

सिद्धार्थ इन्स्योरेन्सको साधारण सभा जेठ २८ गते, १५.७९ % लाभांशको प्रस्ताव

जेठ ६, काठमाडौं । सिद्धार्थ इन्स्योरेन्सको १९औं साधारण सभा जेठ २८ गते हुने भएको छ । सभा सिद्धार्थ इन्स्योरेन्स भवन, बबरमहल, काठमाडौंमा बिहान ११ बजे शुरु हुने भएको हो ।  कोरोना महामारीको जोखिमलाई मध्यनजर गर्दै सभा भर्चुअल माध्यमबाट सम्पन्न गर्ने कम्पनीले जानकारी दिएको छ । कम्पनीको जेठ ५ गते बसेको सञ्चालक समितिको बैठकले सभा गर्ने निर्णय गरेको हो ।  सभाले शेयरधनीहरुलाई हाल कायम चुक्तापूूँजीको १२ प्रतिशत बोनस शेयर र ३ दशमलव ७९ प्रतिशत नगद लाभांश र वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।  सभाको अन्य प्रस्तावमा कम्पनीको प्रवन्धपत्र र नियमावलीमा संशोधन गर्ने, संशोधित प्रवन्धपत्र र नियमावली अभिलेख वा स्वीकृति गर्ने निकायहरुबाट कुनै फेरबदल गर्न  निर्देशन आएमा सो अनुसार सञ्चालक समितिलाई अख्तियारी दिने रहेको छ । साधारण सभा र लाभांश प्रयोजनका लागि जेठ १४ गतेदेखि जेठ २८ गतेसम्म बुक क्लोज गर्ने तयारी कम्पनीको छ । बुक क्लोजको आधारमा जेठ १३ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।