आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सामान्य अंकको गिरावट आएको छ । दिनभर घटबढ भएको नेप्से परिसूचक अन्तिम समयमा आएर घटेर बन्द भएको हो । दिउँसो साढे १२ बजेसम्मको समयमा नेप्से परिसूचक घटेर १९ सय २६ अंकमा आइपुगेको थियो । त्यसपछि निरन्तर बढेर नेप्से परिसूचक १९ सय ४६ अंकसम्म पुगेको थियो । जुन, फेरि घटेर २ अंकको गिरावटसँगै १९ सय ३७ अंकमा आएर रोकिएको हो । यसक्रममा आज ६ वटा समूहमा सुधार आएको छ । बाँकी ७ समूहमा भने गिरावट आएको छ । आज होटल र टुरिजम, विकास बैंक, जलविद्युत, वित्त, निर्जीवन बीमा समूहमा र ल