पर्वत : ठगीको आरोपमा कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयबहादुर पराजुली कार्यालयबाटै पक्राउ परेका छन्।जिल्ला प्रहरी कार्यालयको टोलीले आज दिउँसो पराजुलीलाई कार्यालयबाटै पक्राउ गरेको हो। प्रमुख प्रशासकीय अधिकृत पराजुली कास्कीको सहकारी रजिस्ट्रारको कार्यालय पोखरामा सेवारत हुँदा सहकारीको रकम ठगी प्रकरणमा मुछिएका थिए। सहकारी रजिस्ट्रार रहेका बेला निजले मित्रमिलन बचत तथा ऋण सहकारीको कार्यक्षेत्र विस्तार गर्ने क्रममा घूस लिएको आरोप थियो।कास्की प्रहरीको अनुरोधमा पर्वत प्रहरीले निजलाई
सहकारी रजिष्ट्रारको कार्यालय गण्डकीका पूर्व रजिष्टार उदयबहादुर पराजुलीलाई एक सहकारीको कार्यक्षेत्र थप गर्न एक करोडभन्दा बढी रकम घुस लिएको आरोपमा पक्राउ गरिएको छ । हाल पर्वतको कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रहनुभएका पराजुलीलाई कास्कीको मित्रमिलन सहकारीको कार्यक्षेत्र थप गर्न रकम लिएको आरोपमा प्रहरीले पक्राउ गरेको हो केही दिनअघि जिल्ला अदालत कास्कीबाट पक्राउ पुर्जी जारी भएपछि …
पोखरा : सहकारी रजिष्ट्रारको कार्यालय गण्डकीका पूर्वरजिष्ट्रार उदयबहादुर पराजुलीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। कास्कीको मित्रमिलन सहकारीको कार्यक्षेत्र थप गर्न रकम लिएको खुलेपछि पराजुलीविरुद्ध पक्राउ पुर्जी जारी भएको हो।हाल पर्वतको कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रहेका पराजुली पक्राउ पुर्जी जारी भएपछि सम्पर्कबाहिर छन्। कास्की प्रहरीका अनुसार केही दिनअघि जिल्ला अदालत कास्कीले पक्राउ पुर्जी जारी गरेपछि उनको खोजीतलास भइरहेको छ।कुश्मा नगरपालिकामा सरुवा हुनुअघि पराजुली सहकारी रजिष्
सरकारले मुलुकभरका महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकालाई कार्यक्षेत्र बनाएर सञ्चालन हुने बचत तथा ऋण सहकारीको नयाँ दर्ता (लाइसेन्स), कार्यक्षेत्र विस्तार र सेवा केन्द्र सञ्चालनमा रोक लगाएको छ ।
एक वर्षका लागि महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकामा बचत तथा ऋण सहकारी संस्था दर्ता, कार्यक्षेत्र विस्तार अनुमति तथा सेवा केन्द्रको स्वीकृति रोक्न सहकारी क्षेत्र सुधार सुझाव कार्यादलले प्रस्ताव गरेको छ ।
काठमाडौं । सरकारले बचत तथा ऋण सहकारी संस्थाको कार्यक्षेत्र निश्चित भौगोलिक क्षेत्रमा केन्द्रित गरी सेवा प्रवाहलाई प्रभावकारी बनाउने घोषणा गरेको छ । संसदमा आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाहरूको नियमन तथा सुपरीवेक्षणलाई प्रभावकारी बनाउन विशिष्टीकृत नियामकीय निकाय स्थापना गरी सञ्चालनमा ल्याइने जनाए […]
सहकारीहरूबाट ठगिएको गुनासोपछि झापाका स्थानीय सरकार सहकारीको अनुगमनतर्फ लागेका छन् । दमक नगरपालिकाले केही समय अघि नगरका विभिन्न सहकारी संस्थाको अनुगमन गरेको थियो । उपप्रमुख रेगीना भट्टराई तथा अन्य जनप्रतिनिधिको टोलीले सम्वन्धित संस्थामानै पुगेर कारोबार तथा सहकारीको अवस्था बारेमा जानकारी लिएका छन् । नगरपालिका कार्यक्षेत्र रहेका ८२ वटा सहकारी संस्था मध्ये केही सहकारीको अनुगमन गरिएको […]
बाराको जितपुरसिमरा उपमहानगरभित्र कार्यक्षेत्र भएका ५३ सहकारी पोकामा सञ्चालन भएको छ ।जिल्ला डिभिजन सहकारी कार्यालयले उपमहानगरका १ सय २९ बटा सहकारीको कागजात र तथ्यांक बुझाए पनि ७६ बटा सहकारीको विवरण उपमहानगरमा देखिएपछि ५३ वटा सहकारी पोकामा देखिएको हो ।६ वर्षअघि स्थानीय तहलाई सहकारीको स्वामित्व हस्तान्तरण भैरहँदा जिल्लामा १२ सय ६५ सहकारी सञ्चालनमा थिए । जितपुर […]
दोलखा-पटक–पटक ताकेता गर्दा पनि आफ्नो कार्यक्षेत्र भित्रका सहकारी संस्थाहरू सम्पर्कमा नआएपछि दोलखाको तामाकोसी गाउँपालिकाले सहकारी खोजी अभियान थालेको छ । सहकारी खोजीका लागि कार्यालय, सञ्चालकहरूका घरघरमा नै टोली पठाएको छ ।जिल्लास्तरमा रहेको डिभिजन सहकारी कार्यालय खारेज भएर सहकारीको नियमन र व्यवस्थापनको जिम्मा स्थानीय तह र प्रदेश सरकारलाई हस्तान्तरण भएपछि सहकारीहरूको नियमन अन्योलपूर्ण छ । तर […]