पोखरा : सहकारी रजिष्ट्रारको कार्यालय गण्डकीका पूर्वरजिष्ट्रार उदयबहादुर पराजुलीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। कास्कीको मित्रमिलन सहकारीको कार्यक्षेत्र थप गर्न रकम लिएको खुलेपछि पराजुलीविरुद्ध पक्राउ पुर्जी जारी भएको हो।हाल पर्वतको कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रहेका पराजुली पक्राउ पुर्जी जारी भएपछि सम्पर्कबाहिर छन्। कास्की प्रहरीका अनुसार केही दिनअघि जिल्ला अदालत कास्कीले पक्राउ पुर्जी जारी गरेपछि उनको खोजीतलास भइरहेको छ।कुश्मा नगरपालिकामा सरुवा हुनुअघि पराजुली सहकारी रजिष्