सडक जलमग्न बढ्यो दुर्घटनाको जोखिम

पूर्वपश्चिम राजमार्गमा भारी वर्षा हुँदा सडक नै जलमग्न भएर ताल र खोला बन्दा दुर्घटनाको जोखिम बढेको छ । खास गरी बुटवलदेखि १८ किलोमिटर पश्चिम सैनामैनाको सालझन्डी क्षेत्रसम्मै भीषण वर्षा हुँदा सडक पूरै तालमा परिणत हुने गरेको छ । सडक डुबान हुँदा दुर्घटनाको जोखिम बढेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । केही स्थानमा भने सडकबाटै बाढी बग्ने गरेकोसमेत देखिएको छ । बुटवलपश्चिम तामनगर, रानीबगिया, झारबैरा, मुर्गिया, कलौनी, रामापुर, बाँसगढी क्षेत्रमा सडक डुबान परेर ताल बन्ने गरेको छ ।