नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले पदाधिकारीसहित स्थायी समिति र पोलिटब्युरोको टुंगो आगामी बैठकबाट लगाउने भएको छ । यस्तै, केन्द्रीय सदस्यको जिम्मेवारी बाँडफाँड समेत गर्ने तयारी माओवादी केन्द्रले गरेको छ ।
आगामी २७ माघमा बस्ने केन्द्रीय समिति बैठकबाट सर्वसम्मत नभएको अवस्थामा निर्वाचनबाटै पदाधिकारी टुंगो लगाउने तयारी माओवादीको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले शनिबार एक परिपत्र जारी गर्दै बाँकी रहेको केन्द्रीय समितिलाई पूर्णता दिँदै कार्यविभाजन समेत गर्ने उल्लेख गरेका छन् ।
सर्वसम्मतिमा पदाधिकारीसहि...