काठमाडौं, १९ वैशाख। एसीसी प्रिमियर कपको आज भएको फाइनल खेलमा नेपालले यूएईलाई ७ विकेटले पराजित गरेको छ। यो जितसँगै नेपाल आगामी सेप्टेम्बरमा पास्तिानमा हुने एसियन कप क्रिकेटमा प्रवेश पाएको छ। नेपाल भारत र पाकिस्तान रहेको समूहमा रहेको छ। निर्धारित ५० ओभरको खेलमा यूएईले नेपाललाई ११८ रनको लक्ष्य दिएको थियो। उक्त लक्ष्य नेपालले ३०.३ ओभरमा तीन विकेटको क्षतिमा पुरा गरेको थियो।