अमेरिकी नौसना आफ्नो एक दुर्घटनाग्रस्त लडाकू विमान खोज्न युद्धस्तरमा काम गरिरहेको छ । चिनियाँ सेना पुग्नुभन्दा पहिले अमेरिका घटनास्थलमा आफू पुग्न चाहन्छ । सोमबार अमेरिकी युद्धपोत यूएसएस कार्ल विन्सनबाट उडान भर्ने क्रममा १० करोड डलर लागत भएको अमेरिकी एफ–३५सी विमान दक्षिण सागरमा खसेको थियो । अमेरिकी नौसेनाले यसलाई दुर्घटना भनेको छ । यसमा ७ जना नौसेना घाइते समेत भएका थिए ।एफ–३५सी अमेरिकी नौसेनाको सबैभन्दा नयाँ विमान हो । यसमा धेरै गोप्य उपकरणहरू रहेका छन् । समुद्रको जुन ठाउँमा यो दु