काठमाडौं। नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले तत्काल लकडाउन नहुने बताएका छन। एमाले महाधिवेशन आयोजक कमिटीको बैठकपछि संञ्चारकर्मीसँग कुरा गर्दै ज्ञवालीले भर्खर तङ्ग्रिन लागेको अर्थतन्त्र र मान्छेको जिविकामा सकभर असर नपरोस भन्ने सरकारको चाहना रहेको बताए। "लकडाउनले एकछिनलाई कोभिडको चेन व्रेक मात्र गर्ने हो। यो दिर्घकालिन समाधान होइन। हर्ट स्पोर्टहरुमा स्थानीयस्तरबाट लकडाउन हुनसक्छ," उनले भने