पक्की घरमा दसैँ मनाउँदै बोटेमाझीहरु

सदियौँदेखि खोलामा माछा मार्ने र सोही खोला किनारमा स–साना झुपडी र अस्थायी टहरामा जीविका चलाउँदै आएका गुल्मीको सत्यवती गाउँपालिकाका अति सीमान्तकृत बोटेमाझी समुदायले पहिलो पटक व्यवस्थित पक्की घरमा दसैँ मनाउने भएका छन् ।सत्यवती गाउँपालिका–६ जोहाङ्ग र वडा नम्बर १ रुद्रवेणीका बोटेमाझीहरु बडिगाड खोला किनार छेउमा अस्थायी टहरामा गुजारा गर्दै आएका थिए । अहिले डेढ करोड खर्चेर गाउँपालिकाले २३ वटा पक्की घर बनाइ दिएपछि उनीहरूका लागि यसपालिको दसैँ ऐतिहासिक र उत्साहमय बन्न लागेको हो ।वडा नम्बर ६ मा

सम्बन्धित सामग्री

दीपावली र छठ नजिकिँदा,घर रङरोगन गर्न भ्याइनभ्याइ

दीपावली र छठ पर्व नजिकिएकाले घरआँगन सरसफाइसँगै रङरोगन गर्न पेन्टरलाई भ्याइनभ्याइ भएको छ । दसैँ सकिएलगत्तै दीपावलीका लागि सरसफाइ गर्ने, पक्की घरमा रङरोगन गर्न दक्ष पेन्टरलाई भ्याइनभ्याइ भएको हो ।

नयाँ घरमा दसैँ मनाउन पाउँदा खुसी छन्, ‘विपन्न समुदाय’

नयाँ घर बनेपछि खुसीले गद्‌गद् छन्, तनहुँ भानु नगरपालिका–४ का गोरे नेपाली । छाप्रोमा बस्दाको समयमा राति जङ्गली जनावरले आक्रमण गर्छ कि भन्ने डरबाट अब  नेपाली मुक्त भएका छन्।‘जनता आवास कार्यक्रम’ अन्तर्गत गण्डकी प्रदेश सरकारले दुई कोठे पक्की घर बनाइ दिएपछि उनको डर र चिन्ता हटेको हो । विगत लामो समयदेखि कच्ची र जोखिम घरमा बस्न बाध्य भएका यहाँका विपन्न समुदायका व्यक्तिको ढिलै भए पनि अनुहारमा खुसी छाएको छ । इँटाको गारो रङ्गीन जस्तापाताले छाएको सुरक्षित घरमा यसपालिको दसैँ मना