खराब भेन्टिलेटरका कारण रुसको अस्पतालमा तीनजना बिरामीको मृत्यु

एजेन्सी। रुसको एक अस्पतालमा राखिएको खराब भेन्टिलेटरका कारण तीनजना बिरामीको मृत्यु भएको छ। रयाजान सहरमा रहेको एक कोरोना अस्पतालमा बुधबार बिरामीको उपचार चलिरहेको समयमा आगो लागेको थियो। घटनामा अस्पतालका नर्स पनि परेको बताइएको छ। रुसका चिकित्सकहरुका अनुसार गम्भीर बिरामीलाई प्रयोग गरिने भेन्टिलेटर खराब भएका कारण आगो लागेको हो। सरकारले गठन गरेको जाँचबुझ कमिटीले घटनाको अनुसन्धान सुरु गरेको छ।

सम्बन्धित सामग्री

रात्रीभोजपश्चात मृत्यु प्रकरण: कुखुराको मासु विषाक्त रहेको अध्ययन टोलीको अनुमान

लमजुङको सुन्दरबजारमा मंसिर २२ गते एक रात्रीभोजमा कुखुराको मासु विषाक्त भएका कारण बिरामीको मृत्यु भएको प्रारम्भिक अनुमान गरिएको छ।  भोजमा सहभागी एक जनाको मृत्यु र धेरै बिरामी भएपछि गठित अध्ययन टोलीले यस्तो निष्कर्ष निकालेको हो।

कैलालीमा डेंगुका कारण एक जनाको मृत्यु

धनगढी – कैलालीमा एक जना डेंगुका बिरामीको मृत्यु भएको छ। धनगढी उपमहानगरपालिका–१२ की ३५ वर्षीय गीता शाहीको मृत्यु भएको हो। धनगढीस्थित निसर्ग अस्पतालमा उपचाररत कार्डियोप्लमोनरि अरेष्टबाट निसर्ग अस्पतालमा उपचाररत शाहीमा डेंगुको पनि लक्षण देखिएको थियो। उनको मंगलबार बिहान अस्पतालमा उपचारकै क्रममा मृत्यु भए पनि बुधबार मात्र पुष्टि भएको स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीले बताए। […]

काठमाडौंको चिरायु अस्पतालमा बिरामीको मृत्यु भएपछि तनाव

काठमाडौं बसुन्धरास्थित चिरायु अस्पतालमा उपचाररत एक बिरामीको मृत्यु भएपछि तनाव सिर्जना भएको छ । उपचारका लागि अस्पताल भर्ना भएका ७० वर्षीय सुरज ढुंगानाको मृत्यु भएपछि उनका आफन्तले अस्पतालविरूद्ध नाराबाजी र प्रदर्शन गरेका हुन् । सुरज पिसाबसम्बन्धी समस्या देखिएपछि अस्पताल भर्ना भएका थिए । चिकित्सकको लापरबाहीका कारण सुरजको मृत्यु भएको आरोप लगाउँदै उनका आफन्तले नाराबाजी गरेका हुन् । अस्पतालमा तनाव सृजना भएपछि शनिबार साँझ प्रहरी, अस्पताल र मृतकका आफन्तबीच सहमतिको प्रयास भएको जिल्ला प्रहरी परिसर का

भारतमा पछिल्लो २४ घण्टामा कोरोनाका कारण ६० जनाको मृत्यु

भारतमा कोरोनाभाइरस संक्रमितको संख्या पुनः एकपटक तीब्रता आइरहेको छ ।स्वास्थ्य मन्त्रालयको ताजा आँकडा अनुसार पछिल्लो २४ घण्टामा कोरोनाभाइरसका ३ हजार ३७७ नयाँ संक्रमित भेटिएका छन् ।यतिबेला कोरोनाका २ हजार ४९६ बिरामी निको पनि भएका छन् र ६० बिरामीको मृत्यु भएको छ ।भारतमा हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ५ लाख २३ हजार ७५३ पुगेको छ र सक्रिय संक्रमित पनि बढेर १७,८०१ पुगेको छ ।

अस्पतालमा बाढी पस्दा, १७ बिरामीको मृत्यु

मेक्सिको सिटी । मेक्सिकोको एउटा अस्पतालमा बाढीका कारण कम्तिमा १७ जना बिरामीको मृत्यु भएको छ । मध्य प्रान्त हिडालगोको अस्पतालमा बाढी पस्दा बिरामीको मृत्यु भएको हो । तुला सहरमा भीषण वर्षापछि एउटा नदीको बहाब बढेर अस्पतालसम्म पुग्दा त्यहाँ लामो समय विद्युत कटौती भएको थियो । मृत्यु हुनेमध्ये केही कोभिड–१९ का बिरामी छन् । लामो समय […] The post अस्पतालमा बाढी पस्दा, १७ बिरामीको मृत्यु appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

अक्सिजन नपाएर १५ कोरोना संक्रमितको मृत्यु

एजेन्सी। भारतको गोवा मेडिकल कलेजमा अक्सिजनको अभावका कारण १५ जना बिरामीको मृत्यु भएको छ। दुई दिनअघिमात्रै त्यहाँ २६ जना बिरामीको अक्सिजन नपाएर मृत्यु भएको थियो। सो अस्पतालमा बिहीबारमात्रै ४० जना कोरोना संक्रमणका कारण भएको थियो। जसमध्ये १५ जनाको २देखि ६ बजेको बीचमा अक्सिजन अभावका कारण मृत्यु भएको हो। गोवा सरकारले अक्सिजन आपूर्तिबारे अध्ययन गर्न एक कमिटी नै बनाएको छ।

अक्सिजन नपाएर १५ कोरोना संक्रमितको मृत्यु

एजेन्सी। भारतको गोवा मेडिकल कलेजमा अक्सिजनको अभावका कारण १५ जना बिरामीको मृत्यु भएको छ। दुई दिनअघिमात्रै त्यहाँ २६ जना बिरामीको अक्सिजन नपाएर मृत्यु भएको थियो। सो अस्पतालमा बिहीबारमात्रै ४० जना कोरोना संक्रमणका कारण भएको थियो। जसमध्ये १५ जनाको २देखि ६ बजेको बीचमा अक्सिजन अभावका कारण मृत्यु भएको हो। गोवा सरकारले अक्सिजन आपूर्तिबारे अध्ययन गर्न एक कमिटी नै बनाएको छ।

मेरठस्थित केएमसी अस्पतालमा अक्सिजनको कमीले ९ बिरामीको मृत्यु

एजेन्सी। उत्तर प्रदेशको मेरठस्थित केएमसी अस्पतालमा अक्सिजनको कमीका कारण २४ घन्टामा ९ जना बिरामीको मृत्यु भएको छ। जिल्ला प्रशासनले भने पर्याप्त अक्सिजन सिलिण्डर भएको दाबी गरेको छ। अस्पतालमा लगातार अक्सिजनको कमी भइरहेको छ र पछिल्लो २४ घन्टामा उत्तर प्रदेशमा अक्सिजनको कमीबाट ३० जनाको मृत्यु भएको छ।

चिकित्सकको लापरबाहीले बिरामीको मृत्यु भएको आरोप, अस्पतालमा नाराबाजी

चितवन : चिकित्सकको लापरबाहीका कारण बिरामीको मृत्यु भएको भन्दै मृतकका आफन्तहरूले चितवन मेडिकल कलेजमा नाराबाजी गरेका छन्।आफन्तको नाराबाजीपछि अस्पताल तनावग्रस्त बनेको छ। ज्वरो आएर चैत १० गते अस्पताल भर्ना भएका रत्ननगर नगरपालिका–३ का ३१ वर्षीय रोशन विष्टको शनिबार साँझ साढे ६ बजेतिर मृत्यु भएको हो। चिकित्सकको लापरबाहीका कारण बिरामीको मृत्यु भएको आरोप लगाएका छन्। अस्पताल प्रशासनले भने उपचारका क्रममा बिरामीमा मल्टिपल कनेक्टिभ डिसअर्डरको समस्या देखिएपछि मृत्यु भएको जनाएको छ। उपचारका क्रममा मु