एजेन्सी। भारतको गोवा मेडिकल कलेजमा अक्सिजनको अभावका कारण १५ जना बिरामीको मृत्यु भएको छ। दुई दिनअघिमात्रै त्यहाँ २६ जना बिरामीको अक्सिजन नपाएर मृत्यु भएको थियो। सो अस्पतालमा बिहीबारमात्रै ४० जना कोरोना संक्रमणका कारण भएको थियो। जसमध्ये १५ जनाको २देखि ६ बजेको बीचमा अक्सिजन अभावका कारण मृत्यु भएको हो। गोवा सरकारले अक्सिजन आपूर्तिबारे अध्ययन गर्न एक कमिटी नै बनाएको छ।