जसपा कार्यकारिणी सदस्य हेमराई राई आज एमाले प्रवेश गर्दै

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा)का उपाध्यक्ष  तथा पूर्वमन्त्री हेमराज राई एमाले प्रवेश गर्दैछन्। उनलाई आज एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराउन लागेका हुन्। मध्यान्ह १२ बजे एमाले पार्टी कार्यालयमा राईसहित जसपाका १० जना केन्द्रीय सदस्यहरु एमाले प्रवेश गर्न लागेका हुन्। थाहाखबरसँग कुरा गर्दै पूर्वमन्त्री राईले भने, आफू १० वर्षपछि फेरि एमालेमै फर्किन लागेको बताए।  राईले एमालेका तत्कालीन उपाध्यक्ष अशोक राईसँगै २०६९ साल असोज १८ मा एमाले परित्याग गरेका थिए।&

सम्बन्धित सामग्री

पुर्वआईजीपी सर्वेन्द्र खनाल एमाले प्रवेश

काठमाडौं, ६ असोज । पुर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल नेकपा (एमाले) प्रवेश गरेका छन् । आज पार्टीको केन्द्रीय कार्यालय च्यासलमा आयोजित एक कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले खनाललाई पार्टी प्रवेश गराएका हुन् । उनलाई महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमाललगायतका नेताहरुले स्वागत गरेका थिए । खनाल जसपा सांसद डा.सुरेन्द्र यादवलाई अपहरण गरेर काठमाडौं ल्याएको घटनामा […]

पूर्वआईजीपी खनाल एमाले प्रवेश

६ असोज, काठमाडौं । पूर्व प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनाल नेकपा एमाले प्रवेश गरेका छन् । बिहीबार पार्टी कार्यालय, च्यासलमा एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरुले खनाललाई स्वागत गरेका हुन् । पूर्व आईजीपी खनाल जनता समाजवादी पार्टी (जसपा)का सांसद डा. सुरेन्द्र यादवलाई अपहरणको शैलीमा काठमाडौं ल्याएको घटनामा मुछिएका थिए । खनालले एमाले प्रवेश गर्न […]

खोभारी राय बालकोट पुगेर एमाले प्रवेश गरे

३ असोज, काठमाडौं । पूर्वमन्त्री खोभारी राय यादव नेकपा एमाले प्रवेश गरेका छन् । सोमबार एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास पुगेर राय पार्टी प्रवेश गरेका हुन् । मधेसी जनअधिकार फोरमबाट राजनीति सुरु गरेका उनी पछिल्लो समय जनता समाजवादी पार्टी (जसपा)मा थिए ।

जसपा सांसद अमृता अग्रहरि एमाले प्रवेश

काठमाडौँ – प्रतिनिधिसभा सदस्य तथा जसपा नेतृ अमृता आग्रहरि एमाले प्रवेश गरेकी छन्। आइतबार एमाले पार्टी सचिवालयको बैठक चालिरहेका बेला उनलाई एमाले अध्यक्ष केपी ओलीले पार्टी प्रवेश गराएका हुन्। गजेन्द्रनारायण सिंहको प्रेरणाबाट राजनीतिमा क्रियाशील रहेकी उनी लामो समयसम्म नोपल सदभावना पार्टीमा आबद्ध थिइन्। सद्‌भावना पार्टीमा उनी बद्री मण्डलको निकटस्थ रहेकी थिइन्। उनी समानुपातिकबाट सांसद बनेकी […]

जसपा सांसद अमृता अग्रहरि एमाले प्रवेश

काठमाडौँ- प्रतिनिधिसभा सदस्य तथा जसपा नेतृ अमृता अग्रहरि एमाले प्रवेश गरेकी छन् । आइतबार एमाले पार्टी सचिवालयको बैठक चालिरहेका बेला उनलाई एमाले अध्यक्ष केपी ओलीले पार्टी प्रवेश गराएका हुन् । गजेन्द्रनारायण सिंहको प्रेरणाबाट राजनीतिमा क्रियाशील रहेकी उनी लामो समयसम्म नेपाल सद्भावना पार्टी आबद्ध थिइन् । सद्‌भावना पार्टीमा उनी बद्री मण्डलको निकटस्थ रहेकी थिइन् । उनी […]

जसपा सांसद अमृता अग्रहरी एमाले प्रवेश

जनता समाजवादी पार्टी (जसपा)की नेतृ तथा प्रतिनिधिसभा सांसद अमृता अग्रहरी एमाले प्रवेश गरेकी छिन्। अध्यक्ष केपी ओली निवास बालकोटमा बसिरहेको केन्द्रीय सचिवालय बैठक पुगेर अग्रहरी एमाले प्रवेश गरेकी सचिव योगेश भट्टराईले...

जसपा छोडेका राई एमाले प्रवेश गर्दै

जनता समाजवादी पार्टी (जसपा) का नेता हेमराज राई नेकपा (एमाले) प्रवेश गर्ने भएका छन् । राईलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले बुधबार पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा पार्टी प्रवेश गराउने तयारी भइरहेको छ । नेता राईले गत साउन १ गते जसपाबाट राजीनामा दिएका थिए । भोजपुर घर भएका हेमराज विगतमा अशोक राईसँगै एमाले परित्याग गरे पनि उनी पुनः एमालेमै फर्कन लागेका हुन् ।

जसपा नेता हेमराज राई एमाले प्रवेश गर्ने तयारी

जनता समाजवादी पार्टी (जसपा) का कार्यकारिणी सदस्य हेमराज राई नेकपा एमाले प्रवेश गर्ने तयारी गरेका छन् । जसपा नेता अशोक राई पक्षका नेता हेमराज राईले गत साउन १ गते पार्टीबाट राजीनामा दिएका थिए । जसपा विभाजन भएपछि राई एमाले प्रवेश गर्ने तयारी गरेको एक नेताले बताए । तत्कालीन एमाले उपाध्यक्ष अशोक राईले एमाले परित्याग गर्ने बेला राई उनीसँगै एमाले छोडेका थिए ।जसपाबाट बाबुराम भट्टराई अलग भएपछि राई एमाले जान लागेका हुन् । तत्कालीन एमाले नेता कार्यकर्ता राईसँगै पुनः फर्किन लागेको बताएको छ । यसअघि राष्ट्रिय

जसपा नेता मञ्जित यादव एमाले प्रवेश

जनता समाजवादी पार्टी (जसपा)का लुम्बिनी प्रदेश समिति सदस्य मञ्जित यादव (सोनु) नेकपा कम्युनिस्ट पार्टी (एमाले) मा प्रवेश गरेका छन् । शुक्रबार एमालेको नवौँ जिल्ला अधिवेशनमा यादव जसपा परित्याग गरी एमालेमा प्रवेश गरेका हुन् ।उनलाई एमालेका उपाध्यक्ष विष्णु प्रसाद पौडेल, स्थायी समिति सदस्य घनश्याम भुसाल, रुपन्देही जिल्ला अध्यक्ष शिवराज सुवेदी लगायतले पार्टीमा प्रवेश गराएका हुन् । यादव गत स्थानीय तहको निर्वाचनमा रुपन्देहीको ओमसतिया गाउँपालिकाको अध्यक्ष पदमा तत्कालीन संघीय समाजवादी पार्टीबाट उम्मेदवार भई

जसपा नेता मंगल गुप्ता एमाले प्रवेश

काठमाडौँ– जनता समाजवादी पार्टीका नेता मंगल गुप्ता नेकपा एमाले प्रवेश गरेका छन्। कपिलवस्तुको बहादुरगञ्जमा आयोजित एमालेको बृहत् जनसभामा अध्यक्ष केपी शर्मा ओलीले सदस्यता दिएर गुप्तालाई पार्टीमा स्वागत गरेका हुन्। गुप्तासँगै अन्य नेता कार्यकर्ता पनि पार्टी प्रवेश गरेका छन्। ओली सभालाई सम्बोधन गर्न महासचिव शंकर पोखरेल र सचिव लेखराज भट्ट लिएर सोमबार नै कपिलवस्तु पुगेका थिए।